MENU

अर्थ

ujyaalo forign call inside

रियाल र दिर्हाम स्थिर, रिंगिट र वनको मूल्य बढ्यो

काठमाडौं, फागुन २० – शुक्रबार कायम रियाल र दिर्हामको मूल्य आइतबार घटबढ भएको छैन । नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ७३ पैसा र विक्रिदर २७ रुपैयाँ ८९ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ५६ पैसा र विक्रिदर २८ रुपैयाँ ७२ रुपैयाँ छ ।

युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ३१ पैसा र विक्रिदर २८ रुपैयाँ ४७ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ६४ पैसा र विक्रिदर २६ रुपैयाँ ७९ रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६२ पैसा र विक्रिदर ९ रुपैयाँ ६७ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४६ रुपैयाँ ६६ पैसा छ भने विक्रिदर ३ सय ४८ रुपैयाँ ६६ पैसा रहेको छ ।

एक बहराइन दिनार एकको खरिददर २ सय ७५ रुपैयाँ ७४ पैसा र विक्रिदर २ सय ७७ रुपैयाँ ३३ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया