MENU

मनोरञ्जन

ujyaalo forign call inside

​डोनाल्ड ट्रम्पको नक्कल गर्ने विश्वका १८ कलाकारको सूचीमा मनोज गजुरेल

फागुन २० – ट्रम्पको क्यारिकेचर गरेका हाँस्य कलाकार मनोज गजुरेल फेरि चर्चामा आएका छन् । 

केही समय अघि मात्रै अमेरिकाका विभिन्न शहरमा गएर अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको क्यारिकेचर गरेको भन्दै अमेरिकाको अनलाइन पोर्टल डेल्ली मेलले उनको तारिफसहित एक समाचार प्रकाशित गरेको थियो । यो समाचारमा उनले कलाकारिताको सुरुवातदेखि अहिलेसम्म गर्दै आएको क्यारिकेचर र कमेडीहरुका बारेमा जानकारी दिइएको थियो ।

हालै मात्र अमेरिकाको सीबीएस न्यूज डट कमले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको क्यारिकेचर गर्ने  विश्वका १८ जना कमेडियनहरुको सूची प्रकाशित गरेको छ । जसमा नेपालका हाँस्य व्यङग्य कलाकार मनोज गजुरेललाई पनि समेटिएको छ ।

आफू यसरी अन्तराष्ट्रिय स्तरमा समेटिन पाएको भन्दै मनोजले सामाजिक सञ्जालबाट खुशी सेयर गरेका छन् ।

उनले  विदेशमा नेपाली भएर चिनिन पाउँदा आफूलाई निकै खुशी लागेको बताएका छन् । यो वर्षको गाइजात्राको लागि भन्दै मनोजले डोनाल्ड ट्रम्पको नक्कल गर्ने तयारी पूरा गरेका थिए । नेपालमा गाइजात्रा सकेपछि उनले विदेशका विभिन्न शहरमा गएर डोनाल्डको नक्कल गर्दै दर्शक हँसाएका थिए । 

-उज्यालाे र गफगाफ डट कमकाे सहकार्य

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया