MENU

बातावरण-कृषि

ujyaalo forign call inside

​कृषकलाई पुरस्कृत गर्न अक्षय कोषको स्थापना


पाँचथर, फागुन २० – पाँचथर फिदीमका व्यावसायी सूर्यकुमार निरौलाले जिल्लाका उत्कृष्ट कृषकलाई पुरस्कृत गर्नको लागि अक्षय कोषको स्थापना गर्नुभएको छ ।

केही दिन अघि निरौलाको छापाखानाको गोदाममा भएको आगलागिमा क्षती वापत विभिन्न सामाजिक संघसंस्थाबाट प्राप्त भएको रकमबाट निरौलाले सूर्यकुमार निरौला उत्कृष्ट कृषक पुरस्कार अक्षय कोषको स्थापना गर्नुभएको छ ।

निरौलाले फिदीम बजारमा रहेको हातेमालो कृषि सहकारी संस्थामार्फत वार्षीक रुपमा उत्कृष्ट एक जना कृषकलाई कोषको ब्याजबाट प्राप्त हुने रकमबाट पुरस्कृत गर्ने गरी ६० हजार रुपैयाँको अक्षय कोष स्थापना गर्नुभएको हो ।

अक्षय कोषलाई चाँडै नै एक लाख बनाउने निरौलाले वताउनुभयो ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया