MENU

मनोरञ्जन

ujyaalo forign call inside

जब पशुपति शर्मा गाउँदै दर्शकसँग नाँचे...

लमजुङ, फागुन २१ – लोक सांगितिक क्षेत्रका चर्चित लोक दोहोरी गायक पशुपति शर्माको सांगितिक प्रस्तुती हेर्न घण्टौँ कुरेर बसेका थिए, लमजुङे नागरिक । जब दिउँसो ४ बज्यो, उनी मञ्च उक्लिए । दर्शकले उनीप्रति न्यानो माया मिसाउँदै ताली वर्षाए ।
 
‘मलाई  अमेरिका यही......क्याम्पस पढ्न आउनी....., बत्ति बाल्नु पर्दैन यो ठाउँम, कोटी हो कोटी हो’ लगायतका आफ्ना चर्चित गीत उनले दर्शकलाई सुनाए । दर्शकहरु झुमेर नाचे । उनको प्रस्तुतीको खुलेरै प्रंशसा गरे ।
 
उनले गाएनन् मात्र दर्शकसँगै गाउँदै नाचे पनि । उनले ठट्यौली कुरा गर्दा दर्शकदीर्घामा हाँसोको फोहोरा फुटेको थियो । आठौँ सुन्दरबजार महोत्सवको आठौँ दिन आफ्नो प्रस्तुती दिन गायक पशुपति आइतबार सून्दरबजार पुगेका हुन ।
 
महोत्सवमा गायक शर्मासँगै गायिका शान्ति सुनार, गायक रञ्जित परियार लगायतका कलाकारको प्रस्तुती रहेको थियो । उनीहरुको प्रस्तुती हेर्न दर्शकहरु साँझसम्म महोत्सव स्थलमा बसेका थिए ।       
Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया