MENU

मनोरञ्जन

ujyaalo forign call inside

ओस्कार अवार्ड समारोहमा श्रीदेवी र शशि कपूरलाई सम्झिइयो

फागुन २१ – ९० औँ एकेडेमी अवार्ड समारोहमा १३ विधामा मनोनित भएको चलचित्र ‘द शेप अफ् वाटर’ उत्कृष्ट चलचित्रसहित चार विधामा उत्कृष्ट ठहरिँदा ‘डनकर्क’ ले तीन वटा अवार्ड हात पार्यो । 

ओस्कार समारोहको स्मृति सत्रमा दिग्गज कलाकार शशि कपूर र श्रीदेवीप्रति श्रदाञ्जली अर्पण गरिएको थियो । 

बलिउड उद्योगमा एक अलग पहिचान बनाएका अभिनेता शशि कपूरले चलचित्र ‘द हाउसहोल्डर’, ‘शेक्सपियर वल्लाह’, ‘द गुरु’ तथा ‘इन कस्टडी’ जस्ता चलचित्रबाट अन्तराष्ट्रिय स्तरमा ख्याति कमाएका थिए । गएको डिसेम्बर ४ मा  अभिनेता शशि कपूरको मुम्बईमा निधन भएको थियो । बलिउडकी पहिलो महिला सुपरस्टारले परिचित श्रीदेवीको दुबईमा फेब्रुअरी २४ मा असामयिक निधन भएको थियो । 


भारतीय कलाकारका अलावा जेम्स बन्ड अभिनेता रोजर मूरे, मेरी गोल्डबर्ग तथा जोहान जोहान्सन, जोन हेअर्द तथा साम शेफर्डप्रति पनि श्रदाञ्जली दिइएको थियो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया