MENU

विचार/अनुभूति

ujyaalo forign call inside

देउवाको पुनरागमनले कांग्रेसलाई फाईदा कि घाटा ?

पुष्प घलान/उज्यालो ।

संसदीय दलको नेतामा शेरबहादुर देउवाको पुनरागमनले कांग्रेसलाई घाटा लाग्ला की फाइदा होला भन्ने बहस सुरु भएको छ । तीनै तहको चुनाव सम्पन्न गरेर सरकारको जिम्मेवारी सफलतापूर्वक पूरा गरेका देउवालाई पार्टी सञ्चालनमा भने असफल भएको आरोप छ । 

देउवा नेतृत्वको कार्यकालमा कांग्रेसले चुनावमा पराजय व्यहोर्नुप¥यो । यहि तर्क गर्दै कांग्रेसका युवा नेताहरुले देउवाको बिकल्पको खोजी गरिरहेका थिए । अब फेरि पनि देउवा नै शक्तिमा पुग्नुले कांग्रेसलाई फाइदा भन्दा पनि घाटा बढी लाग्ने कतिपयको तर्क छ । 

पार्टीलाई कसरी अगाडी बढाउने र सुदृढ बनाउने बहस चलिरहेका बेला दलको नेतामा देउवाको पुनरागमनका बारेमा विभिन्न विश्लेषण हुन थालेको छ । कांग्रेसको भन्दा पनि गुटको मात्र सभापति बनेको आरोप लागेका देउवाले आरोपलाई असत्यतामा परिणत गर्ने संभावना भने कम देखिन्छ । श्रीमति आराजु राणालाई शक्तिमा पुर्‍याउने उहाँको प्रयास र पार्टीलाई दुई नजरले हेर्ने देउवाले नानीदेखिको बानी छाड्ने संभावना कम रहेको विश्लेषकहरुको तर्क छ ।

आफ्नै नेतृत्वमा पहिलो पार्टी दोस्रोमा पुग्दासमेत हारको समिक्षा गर्न तयार नभएका देउवा फेरि शक्तिमा पुगेपछि कांग्रेसले अब कस्तो रणनीति अपनाउला भन्ने प्रश्न उठेको छ । 

नेतृत्व परिवर्तनको माग गरिरहेका युवा नेताहरुको भविष्य अब के होला ? र उनीहरुले कस्तो रणनीति अपनाउलान् ? त्यो भविष्यले निर्धारण गर्ला । तर पार्टीलाई जिवन्त तुल्याउन सक्ने सपना देखेर देउवालाई संसदीय दलको नेतामा जिताए कि ? देउवाको छत्रछायाँमा बस्ने आशाले जिताए भन्ने विषय पेचिलो बनेको छ । 

विधि विधान भन्दा पनि शक्तिकेन्द्रित नेताको पछि लाग्ने नेपाली राजनीतिक प्रवृत्तीले कांग्रेस अछुतो छैन ।  कांग्रेसलाई अबको ५ वर्षमा पहिलो पार्टी बनाउने र युवामैत्री बनाएर अगाडी बढ्नु पर्ने माग बढिरहेका बेला देउवा शक्तिशाली हुँदै जानु भएको छ । 

सार्वजानिक रुपमै युवा नेताहरुले नेतृत्व परिवर्तनको माग गरिरहेका बेला उनीहरुको मागको औचित्यलाई संसदीय दलको चुनावले झड्का दिएको छ । गुटउपगुटबाट ग्रस्त भएको कांग्रेसमा पार्टीलाई सुदृढ बनाउने भन्दा पनि नेताहरु आ–आफ्नो अस्तित्व जोगाउनेतर्फ लागेको पुष्टि भएको छ । 

कांग्रेसको अबको गन्तव्य कता ?

नेपाली राजनीतिमा नेतृत्वदायी भूमिका र पहलकदमी गर्दै आएको कांग्रेस तीन तहको निर्वाचनमा नराम्ररी पछारिएको छ । देशभर पार्टी संगठन र राम्रो जनमत हुँदा हुँदै पनि कांग्रेसले अनपेक्षित परिणाम व्यहोर्नुपर्‍यो । तीनै तहको चुनाव पूरा भएर केन्द्रदेखि प्रदेश सरकारमा वाम गठबन्धनको सरकार गठन भईसकेको अवस्थमा कांग्रेस प्रतिपक्षको भूमिका बस्नु पर्ने भएको छ ।

सरकारकारको कामकारवाही बारे निगरानी गर्न छायाँ सरकार गठन गर्न लागेको कांग्रेस आन्तरिक कलहबाट माथि उठ्न सकेको छैन । यस अवस्थामा केही युवा नेताहरुले नेतृत्व परिवर्तन गरी पार्टी सुदृढिकरण गर्नु पर्ने माग गरे पनि त्यसले सार्थकता पाउने संभावना कम रहेको छ । 

५ वर्षमा कांग्रेसलाई पहिलो पार्टी बनाउने युवा नेताहरुको अभियानमा देउवाको पुनरागमनले कता डोर्‍याउने हो भन्ने आमचासो बढेको छ । प्रतिपक्षमा बसेर पनि जनहितमा हुने कामका लागि सरकारकालाई रचनात्मक सहयोग गरे कांग्रेस पहिलेको बाटोमा नपुगिएला भन्न सकिन्न ।

यसका लागि पहिलेको गल्ति कमजोरीलाई सुधार गर्दै देउवाले सिंगो पार्टीको नेता बन्न सक्नुपर्नेछ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

  • सरकारका सय दिन : कुरा ठूला, खुट्टा लुला !

    कम्तीमा पनि सरकारले बितेका सय दिनमा सडकका खाल्डाखुल्डी पुर्न सक्थ्यो । काम भैरहेका ठाउँमा धुलो कम गर्न ठेकदारलाई बाध्य पार्न सक्थ्यो । काठमाडौंबाट नागढुंगा पुुग्ने, हेटौडा जाने जस्ता सयौं असजिला सडकलाई गिटी हालेर वा माटो पेलेर सहज बनाउन सक्थ्यो ।

  • ​कोरियामा धन देखेर मन हराएकाहरु

    हिजोआज दक्षिण कोरियामा रहेका नेपालीमाझ सामाजिक सञ्जालमार्फत नेपालीले नेपालीमाथि गरेको अमानवीय दुव्र्यवहारको चर्चा एकाएक चुलिएको छ ।

  • मुख्यमन्त्री शेरधन राईलाई खुल्ला पत्र

    सबैलाई एकजुट बनाउनुस् जनता छन् जागेका, हेर्न मन छ मिक्लाजुङ चढ्न पर्यटक ताँती लागेका । सुनसरीमा खेती सनपाट र केराको, खान पाइयोस् चामल डिहिटार र सेराको । लेगुवाका माछा गुद्रीमा बिकुन्, प्रदेश हाम्रो हेरी अरुले सिकुन् ।

  • ​कम्युनिष्ट मन्त्रीको सम्पत्तिमा दम्पती विवरण !

    हुन त उनी दाइजोका कट्टर विरोधी हुन् । बिहे पनि जनवादी ढंगले भएको हो । प्रगतिशील मान्छेको जनवादी बिहेमा दाइजो आउने कुरा भएन । तर बिहेको दिन नआएर के भयो ! श्रीमतीकै बाआमाले दाइजो दिनुपर्छ भन्ने के छ ? यो त परम्परावादी सोच भयो ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया