MENU

अर्थ

ujyaalo forign call inside

​भन्सारमा कडाईँ हुँदा व्यापारीको सामान सीमापारी

काठमाडौं, फागुन २२ – राजश्व चुहावट न्यूनीकरण गर्न भन्सार जाँचपासमा कडाई गरेपछि व्यापारीले सामान सीमापारी नै रोकेका छन् ।

न्यून बिजकीकरणमार्फत हुँदै आएको राजश्व चुहावट नियन्त्रण गर्न भन्सार विभाग लागेपछि व्यापारी तर्सिएका हुन् । गएको सोमबार नियुक्त हुनुभएका अर्थमन्त्री युवराज खतिवडाले मंगलवार बिहान भन्सार विभागलाई राजश्व जोखिम न्यूनीकरण गर्न विशेष सतर्क रहन निर्देशन दिनुभएको थियो ।

भन्सार कानूनमा भएको प्रावधान अनुसार कारोवारलाई चुस्त बनाउन भन्सार विभाग मार्फत सबै भन्सार कार्यालयहरुमा निर्देशन भएको विभागका उप–महानिर्देशक श्रीकृष्ण नेपालले बताउनुभयो ।

अर्थमन्त्री खतिवडाको निर्देशन अनुसार सबैजसो भन्सार कार्यालयहरुले जाँचपासमा कडाई गर्न थालेपछि व्यापारीले सामान निर्यात घटाएका हुन् । गएको मंगलबार १ सय २२ करोड भन्सार संकलन भएको थियो भने बुधबार १ सय करोड संकलन भएको भन्सार विभागले जनाएको छ ।

बिहीबार ५५ करोड राजश्व संकलन भएको थियो भने शुक्रबार र शनिबार ३० करोड आसपासमा मात्र राजश्व संकलन भएको विभागका उप–महानिर्देशक नेपालले बताउनुभयो । भन्सार जाँचपासमा भएको यो कडाईका कारण व्यापारीले सामान रोक्नुको अर्थ नरहेको उप–महानिर्देशक नेपालले बताउनुभयो ।

‘व्यापारीले पारदर्शितासहित कारोबार गर्दा यो कडाईले उहाँहरुलाई नै सहजता बनाएको छ’, नेपालले भन्नुभयो, ‘गैरकानुनी कामलाई प्रश्रय दिन सकिँदैन । भन्सारको यो कडाई रहन्छ, यसबाट व्यापारी सशंकित हुनुपर्ने कुनै कारण छैन ।’

राजश्व बढाउन भन्दै भन्सारमा अस्वभाविक मूल्यांकन गरिएको आरोप व्यवसायीको छ । सरकारले सामानको अस्वभाविक मूल्यांकन गरेको दाबी गर्दै उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले यसले पछि गएर समस्या हुने चेतावनी दिनुभयो ।

‘स्वच्छ व्यापार प्रवद्र्धनको लागि सरकारसँगको सहकार्य महासंघले विगतदेखि नै गर्दै आएको छ’, उपाध्यक्ष गोल्छाले भन्नुभयो, ‘सरकार आफैले कदम चाल्नु सकारात्मक हो, सही ढंगले यसको दिगो निरन्तरतामा भने ध्यान दिनुपर्छ ।’

माघसम्मको अवस्था हेर्दा भन्सार राजश्व लक्ष्यसम्म पुग्न नसकेको विभागका उप–महानिर्देशक नेपालले बताउनुभयो । उहाँका अनुसार भन्सार राजश्व लक्ष्यको ९० प्रतिशत कट्न नसकेकाले पनि लक्ष्य पूरा गर्न भन्सारमा कडाई आवश्यक थियो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया