MENU

अर्थ

ujyaalo forign call inside

कोरियन वन स्थिर, रियाल, दिर्हाम र रिंगिटको मूल्य कमजोर

काठमाडौं, फागुन २२ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ७० पैसा र विक्रिदर २७ रुपैयाँ ८६ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ५३ पैसा र विक्रिदर २८ रुपैयाँ ६९ रुपैयाँ छ ।

युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ २८ पैसा र विक्रिदर २८ रुपैयाँ ४४ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ५९ पैसा र विक्रिदर २६ रुपैयाँ ७४ रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६३ पैसा र विक्रिदर ९ रुपैयाँ ६९ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४६ रुपैयाँ ३१ पैसा छ भने विक्रिदर ३ सय ४८ रुपैयाँ ३१ पैसा रहेको छ ।

एक बहराइन दिनार एकको खरिददर २ सय ७५ रुपैयाँ ५० पैसा र विक्रिदर २ सय ७७ रुपैयाँ ०९ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया