MENU

मनोरञ्जन

ujyaalo forign call inside

विवाहको कार्ड छाप्दै नायिका आशिष्मा

फागुन २२ – नायिका  अशिष्मा नकर्मी विवाह बन्धनमा बाँधिने भएकी छिन् ।

उनको विवाह आउँदो फाल्गुन २८ गते काठमाडाै‌ं मध्य बानेश्वरका स्थानीय नविन प्रधानसँग हुन लागेको हो ।  विशुद्ध एरेन्ज म्यारिजमा बाँधिन लागेकी अशिष्माका हुनेवाला श्रीमान फ्रिलान्सर सिए (चार्टर्ड अकाउन्टेन्ट)  हुन् ।  नविन १२ वर्षदेखि अमेरिकामा बस्दै आएका छन् । उनको पारिवारिक पृष्ठभूमिमा पिता ब्रिटिश आर्मी हुन ।

करिब एक दशकदेखि फिल्म नगरीमा सक्रिय रहेकी अशिष्माले नेपाली भाषासहितका दर्जनौ नेवारी फिल्ममा नायिकाको भूमिकामा निर्वाह गरेकी छिन् । तर उनी नेपाली चलचित्रका दर्शकमाझ भन्दा नेपाल भाषाका चलचित्रबाट नेवारी समुदायमा चर्चित छिन् । उनै नायिका आशिष्मा नकर्मीसँग विवाहको प्रसंगमा आज हामीले केही कुराकानी गरेका छौँ ।

आशिष्मा नकर्मीको विवाह हुने समाचार सत्य हो वा गसिप हो ?

म कहिले चाही गसिपमा परेको छु र ? तपाईले सुन्नु भएको समाचार एकदमै सत्य हो । गसिप होइन । 

अकास्मात तपाईँको विवाहको कुरा कसरी आयो ?

अकास्मात होइन । बिहेको कुरा टुङ्गिएको २ हप्ता भइसकेको थियो । 

अनि अशिष्मालाई किन बिहे गर्नलाई हतार भयो ?

होइन नी । केही समय अगाडिसम्म मेरो विवाह हुन अझै समय भएको छैन भन्दै म आफै भन्थे । तर समय आए पछि सबै कुरा जुरेर आउदोँ रहेछ । यो विवाह गर्न हतार होइन , समय जुरेको भन्दा हुन्छ । भन्छन् नी जन्म, मृत्यु र विवाह यी तीन चिज मानिसको वसमा हुन्न भनेर (हाँसो) ।

प्रेम विवाह हो या मागी विवाह ?

विशुद्ध मागी विवाह हो । 

कसरी यो मागी विवाहको कुरा आयो ?

अमेरिकामा रहनु भएको मेरो धर्म भाई प्रतिल श्रेष्ठ र नविन जीको भाई साथी साथी हुनुहुदोँ रहेछ । उहाँहरुकै कारण हाम्रो दुई हप्ता अगाडि कुराकानी भयो । उहाँहरु घरमा माग्न आउनु भयो । कुराकानी, बानी व्यहोरा सबै राम्रो लागेकोले विवाह गर्ने निर्णय गरेकी हुँ । अर्को कुरा उहाँ नेवार समुदायको पनि हुनु भएकोले पनि विवाहको लागि म राजी भएकी हुँ ।

पहिले कतै उहाँसँग देख भेट भएको थियो ?

थिएन नी । उहाँ घरमा आउनु भएपछि देखेकी हुँ । त्यसपछि चाँही बेलाबेलामा फोनमा कुराकानी भइरहन्थ्यो । कुराकानी गर्दा उहाँलाई एकदमै सर्पोटिभ र कुल पाएँ ।

विवाह पछि तपाईँको सिने करिअर के हुन्छ ? ग्याप गरेर श्रीमान् र परिवारलाई समय दिनु हुन्छ या निरन्तर सिनेमा क्षेत्रमा नै सक्रिय बन्नु हुन्छ ?

भविष्यको कुरा कसरी भनौँ ?  सिने क्षेत्रमा लागिरहन्छु या विश्राम लिन्छु भन्ने कुरा चाँही पछिको कुरा हो । तर मैले अभिनय गरेको सिनेमाहरु अझै पनि रिलिज हुनै बाँकी छन् । त्यसकारण पनि त्यसको लागि मैले समय दिनु नै पर्छ । त्यसकारण हेर्ने हो भने म तत्काल सिनेमा क्षेत्रबाट टाढा भएर जान्छु भन्ने लागेको छैन । 

तपाईँहरु बीच यस बारेमा के कुरा भएको छ ?

उहाँले यस बारेमा सकारात्मक भएर नै सोच्नु भएको छ । म पहिलेदेखि नै यसै क्षेत्रमा भएको कारणले उहाँले पनि यसमा साथ दिने कुरा गर्नु भएको छ । अगाडि बढ्नु पर्छ भन्ने हौसला पनि पाएकी छु ।

त्यसो भए विवाहको तयारी त तिव्र गतिमा अगाडि बढिसक्यो होला, हैन ?

हो हो । यो कुरा गर्नु भन्दा एकैछिन अगाडि विवाहको लागि कार्ड छापेर घरमा आइपुगेँकी हुँ । सबै साथी–भाईलाई निम्ता दिनेदेखि लिएर धेरै काम पो बाँकी छ त ।

उज्यालाे र गफगाफ डट कम काे सहकार्य

 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया