MENU

अन्तर्राष्ट्रिय

ujyaalo forign call inside

मस्जिदहरुमा निरन्तर आक्रमण भएपछि श्रीलंकामा संकटकाल

फागुन २२ – मस्जिदहरुमा तथा मुस्लिम समुदायले सञ्चालन गरेको व्यवसायमाथि लगातारको आक्रमणपछि श्रीलंकामा संकटकाल लागू भएको छ । 

केन्डी शहरको केही क्षेत्रमा कर्फ्यू लगाइएको छ । केन्डीमा बुद्ध धर्म मान्ने सिंहाली समुदायले मुस्लिम समुदायले सञ्चालन गरेको पसलहरुमा आगजनी गरेको बीबीसीले जनाएको छ । 

जलेर खरानी भएको एउटा घरबाट एक जना व्यक्तिको शव भेटिएको छ । एक हप्ता पहिले ट्राफिक रेड लाइटको विषयमा भएको झगडापछि केही मुस्लिमले एक बौद्ध युवकलाई कुटेका थिए । त्यसपछि नै केन्डीमा तनाव पैदा भएको थियो । गएको हप्ता मात्रै श्रीलंकाको पूर्वी शहर अपमारामा मुस्लिम विरोधी हिंसा भड्किएको थियो । 

साम्प्रदायिक हिंसाको इतिहास

श्रीलंकामा सन् २०१२बाट नै साम्प्रदायिक हिंसा भड्किन सुरु भएको थियो । कट्टरपन्थी बौद्ध संगठन(बीबीएस) ले यस्तो हिंसालाई बढावा दिइरहेको बताइन्छ । केही कट्टरपन्थी बौद्ध समूहले मुस्लिम समुदायलाई जबरजस्ती धर्म परिवर्तन गराउँदै आएको आरोप लगाउँदै आएका छन् । पछिल्ला दुई महिनामा मात्रै मस्जिदमाथि आक्रमणका घटना २० भन्दा बढी भएको छ । सन् २०१४ मा कट्टरपन्थी बौद्ध समूहले तीन जना मुस्लिम व्यक्तिको हत्या गरेको थियो ।

त्यसपछि श्रीलंकाको गाल क्षेत्रमा हिंसा भड्किएको थियो । श्रीलंकाको जनसंख्या दुई करोड दश लाख रहेको छ भने जमा ७० प्रतिशत बौद्ध समुदाय छन् भने ९ प्रतिशत मुसलमान समुदाय रहेका छन् । सन् २००९ मा तामिल विद्रोहीको हारपछि श्रीलंकाली मुस्लिम समुदाय सत्ताबाट टाढै रहँदै आएको छ । 
 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया