MENU

मनोरञ्जन

ujyaalo forign call inside

फागुन २३ गतेदेखि ‘रुस्लान मह शत्रुगते यात्रा’

काठमाडौं, फागुन २२ – फागुन २३ गतेदेखि ‘रुस्लान मह शत्रुगते यात्रा’ शुरु हुने भएको छ । सिनेमा ‘शत्रु गते’को प्रचार–प्रसारको लागि तय गरिएको यो यात्रामा कलाकार हरिवंश आचार्य, किरण केसी,  शिवहरि  पौडेल,  दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, आँचल शर्मा, गायिका जुनु रिजाल काफ्लेलगायत छन् ।

यो यात्रामा महका ‘म’अर्थात मदनकृष्ण श्रेष्ठ विशेष कारण सहभागी हुने छैनन् । फागुन २३ गते बुधबार दिउँसो हेटौडा बुद्धचोकबाट यो टोलीले कार्यक्रम सुरु गरेर फागुन ३० गते इटहरीको नगरपालिका चोकमा अन्तिम कार्यक्रम गर्ने छ । 

फागुन २३ गते हेटौँडाको बुद्धचोक, फागुन २४ गते नारायणगढको नारायणी किनार, २५ गते बुटवलको ट्राफिकचोक, २६ गते पोखराको ट्राफिक चोक, २८ बिर्तामोडको हनुमान कम्प्लेक्स, २९ गते दमकको गोरखा डिपार्टमेन्ट र ३० गते इटहरीको नगरपालिका चोकमा कार्यक्रम गरेर यो टोली काठमाडौं फर्किने भएको छ ।

 

चैत्र ९ गतेदेखि प्रदर्शन हुन लागेको सिनेमा ‘शत्रु गते’को ट्रेलर यतिबला युट्यूबमा हिट भएको छ । शुक्रबार मात्रै सार्वजनिक भएको ट्रेलरलाई यो समाचार तयार पार्दासम्म ७ लाख २० हजार पटक हेरिएको छ । यसका अलावा सिनेमाका दुईवटै गीतलाई पनि दर्शकले रुचाएका छन् ।

मह सञ्चारको प्रस्तुति सिनेमा शत्रु गतेका प्रस्तुतकर्ता किरण केसी हुन् । सिनेमामा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य,  किरण केसी,  शिवहरि  पौडेल,  दीपकराज गिरी, दीपाश्री निरौला, वसुन्धरा भुषाल, रमेशरन्जन झा, पल शाह, आँचल शर्मा, प्रियंका कार्कीलगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

उज्यालाे र गफगाफ डट कम काे सहकार्य

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया