MENU

साहित्य/ कला

ujyaalo forign call inside

​राष्ट्रगानका सर्जक व्याकुल माइलाले ‘बिउ अक्षर’ ल्याउँदै

ओखलढुंगा, फागुन २२ – राष्ट्रगानका सर्जक व्याकुल माइलाले आफ्नो पहिलो कृति वाम्बुले राई मातृभाषामा प्रकाशन गर्न लागेको जानकारी दिनुभएको छ । माइलाले आफ्नो काव्यकृति मातृ भाषाको अक्षर र बिउको तयारी गर्नुभएको हो ।

‘राष्ट्रगानको रचनाकार बन्नुअघि म मेरो मातृभाषा वाम्बुले र नेपालीमा सिर्जना गर्थें,’ जनआन्दोलन–२ पछि राष्ट्रगानको सर्जक बन्न पाएकोमा गौरव गरेको उल्लेख गर्दै माइलाले भन्नुभयो, ‘अहिले पहिलो काव्य कृति ‘बिउ अक्षर’ केही समयभित्र प्रकाशन हुँदैछ । यो कृति मेरो मातृभाषामा हुनेछ ।’

माइलाले राष्ट्रगानका सर्जक हुनुअघि ‘नेपाली गीत संग्रह’ (दुईसय स्रष्टाका संयुक्त गीतिसंग्रह, २०५९) सम्पादन गर्नु भएको थियो । त्यसयता उहाँको रचनामा चारवटा गीति एल्बम प्रकाशित छन् ।  राष्ट्रिय गानका रचनाकार माइलाको जन्मस्थान ओखलढुंगाको थाक्ले हो । 

 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया