MENU

मनोरञ्जन

ujyaalo forign call inside

​इरफान खानलाई यो कस्तो ‘रोग’ लाग्यो

फागुन १३ – तेह्र वर्षअघि इरफान खानको एउटा फिल्म रिलिज भएको थियो ‘रोग’ ।

तेह्र वर्षपछि चर्चित अभिनेता इरफान खान आफैलाई यस्तै ‘रोग’ लाग्यो कि उनलाई प्रशंसकको प्राथनाको आवश्यकता पर्‍याे । 

सोमबार इरफान खानले ट्वीटर ह्याण्डलमा आफूलाई ‘दूलर्भ रोग’ लागेको बताएका छन् । उनले प्रशंसकलाई उनको स्वास्थ्यका बारेमा विभिन्न अड्कलबाजी नगर्न पनि आग्रह गरेका छन् । उनले रिपोर्ट आएपछि अरु जानकारी गराउने पनि बताएका छन् । उनी १५ दिनदेखि सार्वजनिक रुपमा देखा परेका छैनन् । उनलाई के राेग लाग्याे भन्ने बारे केही जानकारी सार्वजनिक भएकाे छैन ।

५१ वर्षीय खानले एक सयभन्दा बढी चलचित्रमा काम गरेका छन् । जसमा ‘पीकू’, ‘मकबूल’, ‘हासिल’ तथा ‘पान सिंह तोमर’ जस्ता सफल भारतीय चलचित्र रहेका छन् । 

इरफान खानले हलिउडका ‘लाइफ अफ् पाई’, ‘स्लमडग मिलिनेयर’ तथा ‘द अमेजिङ स्पाइडर म्यान’ जस्ता सफल चलचित्रमा अभिनय गरेका छन् । 

इरफान खानलाई भारतका अन्तराष्ट्रिय अभिनेताका रुपमा पनि चिनिन्छ । सन् २०१३ मा ‘पान सिंह तोमर’ मा प्रमुख भूमिका निर्वाह गरेका इरफानले नेसनल फिल्म अवार्ड पनि प्राप्त गरेका छन् । यो एक खेलाडीबाट डाकू बनेका पान सिंह तोमरको जीवनमा आधारित चलचित्र थियो । 

सन् २०१३ मा उनले चलचित्र ‘लन्चबक्स’ का लागि कान्स फिल्म फेस्टिबलमा ‘भ्यूअर्स च्वाइस अवार्ड’ प्राप्त गरेका थिए । त्यसै वर्ष लण्डन फिल्म फेस्टिबलमा प्रतिस्पर्धाका लागि सहभागी हुने एक मात्र भारतीय चलचित्र थियो ‘लन्चबक्स’ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया