MENU

अर्थ

ujyaalo forign call inside

​जलविद्युत आयोजनाद्धारा ५ करोड मुआब्जा वितरण

रसुवा, फागुन २३ – रसुवाको उत्तरगया गाउँपालिका–१, मैलुङमा निर्माण हुन लागेको माथिल्लो त्रिशुली –१, जलविद्युत आयोजनाले स्थानीयलाई मुआब्जा वितरण गरेको छ ।

३३ महिनाअघि गएको भूकम्पले मैलुङस्थित आयोजनाको कार्यालय पूर्ण क्षति गरेपछि आयोजनाले ४१ रोपनी जग्गा खरिद गरेको थियो । भूकम्पका कारण झरेको पहिरोले संरचना पूर्ण क्षति पु¥याउनुको साथै जोखिम बढेपछि सुरक्षित स्थानमा जग्गा खरिद गरिएको आयोजनाले जनाएको छ । 

आयोजनाका साइड इन्चार्ज एंवम जनसम्पर्क अधिकृत सुमन भट्टले जग्गा खरिद गरिएको ७ परिवारलाई करिब ५ करोड मुआब्जा वितरण गरिएको बताउनुभयो । नेपाल वाटर एण्ड डेभलपमेन्ट कम्पनीले निर्माण गर्न लागेको आयोजनाको विद्युत खरिद सम्झौता पिपिए भइसकेको छ । २ सय १६ मेगावट क्षमताको यो आयोजनाको अनुमानित लागत २० अर्ब रुपयाँ छ । 

आयोजनाले दिएको जानकारी अनुसार आयोजनाले अहिले वित्तीय व्यवस्थापन गर्ने कार्य गरिरहेको छ । वित्तिय व्यवस्थापन गर्ने कार्य सेप्टेम्बरसम्ममा सकिने र निर्माण प्रक्रिया सुरु हुने आयोजनाका जनसम्पर्क अधिकृत भट्टले जानकारी दिनुभयो । अबको दुई हप्तापछि आवश्यक पूर्वाधारको काम सुरु हुने बताइएको छ । 

कोरियन कम्पनीहरु, विश्व बैंक समूह अन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम आइएफसी र नेपाली लगानीकर्ताको लगानी रहने आयोजनाले जनाएको छ । यो आयोजना करिब ५ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया