MENU

अन्तर्राष्ट्रिय

ujyaalo forign call inside

​‘भिएक्स नर्भस’ रसायनको प्रयोग गरेर किम जोन नामको हत्या गरिएकाे अमेरिकाको दाबी

फागुन २३ – उत्तर कोरियाका नेता किम जोन उनका सौतेनी भाई किम जोम नामको ‘भिएक्स नर्भस’ नामको रसायन प्रयोग गरी एजेन्ट लगाएर उत्तर कोरियाले हत्या गरेको अमेरिकाले दाबी गरेको छ ।

सन् २०१७ फेब्रुअरीमा मलेसियाको क्वालालम्पुर विमानस्थलमा नामको हत्या भएको थियो । अमेरिकाले नेमको हत्या उत्तर कोरियाले नै गरेको आरोप लगाउँदै आएको छ भने दक्षिण कार्यालयले भने उत्तर कोरियाको संम्लग्नता नभएको बताउँदै आएको छ ।

अमेरिकाले उक्त हत्यामा विश्वमा नै प्रयोग निषेध गरिएको रसायनको प्रयोग गरेर उत्तर कोरियाले नामको हत्या गरेको दाबी गरेको बीबीसीले जनाएको छ ।
दक्षिण कोरियाको टोली उत्तर कोरियाको उच्चस्तरिय भ्रमणमा गरेर प्योङच्याङ आएपछि अमेरिकाको पछिल्लो अभिव्यक्ति आएको हो ।

दक्षिण कोरियामा भएको ओलम्पिक खेलबाट दुई कोरियाको सम्बन्धमा भएको सुधारले पछिल्लो समय निकै तिब्रता दिए पनि अमेरिकाले भने उत्तर कोरियाको आणविक कार्य प्रति तिव्र असन्तुष्टि व्यक्त गर्दै आएको छ ।

अमेरिकाले उक्त तथ्यबाट पनि उत्तर कोरियामा नयाँ नाकाबन्दी लगाउने चेतावनी दिएको छ । अमेरिकाले उक्त खुलासाले नियम विपरित उत्तर कोरियाले निरन्तर रसायनिक हतियार प्रयोग गर्दै आएको दाबी गरेको छ ।

गएको एक वर्ष अघि ‘बुलेटप्रुफ भेस्ट’ लगाएर दुईजना महिलाले नेमको हत्या गरेका थिए । किम जोन नेममो हत्याको आरोपमा इन्डोनेसियाकी २५ वर्षीय सिती एईस्याह र भियतनामकी २८ वर्षीया दोअन थी हौङलाई सन् २०१७ फेबु्रअरी १३ का दिन मलेसियाको क्वालालामपुर अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो । 
 
उनीहरूले मकाउतर्फ उडानका लागि तयारी गरिरहेका बेला नामलाई बेहोस पार्ने कडा खालको रासायनिक पदार्थको प्रयोग गरी विमानस्थलमै हत्या गरेको बीबीसीले उल्लेख गरेको छ ।

रासायनिक पदार्थ उनीहरूले नामको अनुहारमा प्रहार गरेको सिसिटिभीका दृश्यमा देखिएको जनाइएको थियो । उनीहरूले आक्रमण गरेको २० मिनेटमै किमको मृत्यु भएको थियो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया