MENU

बातावरण-कृषि

ujyaalo forign call inside

चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा ४३ वन्यजन्तु मरे, घाइतेलाई बचाउनै कठीन !

राधेश्याम खतिवडा/उज्यालो ।

चितवन, फागुन २३ – चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षको अवधिमा ४३ वटा गैँडा मरेका छन् ।

जसमा २५ वटा गैँडा, ४ बाघ , २ चितुवा , ६ चित्तल , २ जरायो , २ अर्ना  र बाहृ सिंगे जरायो मरेको निकुञ्जले जनाएको छ । धेरैजसो जनावरहरु जुधेर र केही बुढो भएर मरेको निकुञ्जले जनाएको छ । निकुञ्जमा सुरक्षा व्यवस्था कडा पारेपछि चोरी सिकारी गर्ने क्रम घट्दै गए पनि उचित व्यवस्थापन र उपचार हुन नसक्दा अकालमा मर्ने वन्यजन्तुको संख्यामा कमि आउन सकेको छैन ।

विभिन्न कारणले घाइते र अशक्त अवस्थामा भेटिएका वन्यजन्तुलाई बचाउन प्राविधिक रुपले चुनौती रहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले बताउनुभयो ।

‘वन्यजन्तु एक आपसमा जुधेर मर्ने संख्या पनि धेरै छ’, सूचना अधिकारी अर्यालले भन्नुभयो, ‘अन्य कारणले पनि घाइते भएका जनावारलाई बचाउन कठिन हुँदै आएको छ ।’

जंगली जनवारहरु एक आपसमा जुध्ने र विभिन्न प्रकारले घाइते अवस्थामा भेटिएकालाई उद्धार गरी उपचारको अथक प्रयास गर्दा पनि कमैलाई मात्र बचाउन सकिएको उहाँले बताउनुभयो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया