MENU

मनोरञ्जन

ujyaalo forign call inside

बद्रीले रुवाए मधुवनैमा

भावुक योगी/उज्यालो । 

बर्दिया, फागुन २५ –बर्दियाको मधुवन नगरपालिका सानोश्री तारा तालमा मधुवन औधोगिक, व्यापारिक, कृषि तथा पर्यटन महोत्सवमा बिहीबार लोकदोहोरी गायक बद्री पंगेनीले दर्शकहरुलाई गीतैले रुवाएका छन् ।

लोकदोहरी गायक बद्री पंगेनी स्टेजमा उक्लिए संगै पररर ताली बज्यो । गायक पंगेनीले सुरुमा एकछिन देशमा राजनीतिक अस्थिरतासँगै नेताले भोट माग्ने बेला दिएको आश्वासन पूरा गर्दैनन् भन्दै मधुवन नगरपालिकाका नगरप्रमुख गणेश केसीसहित जितेर गएका सांसद, लगायतका देशभरका नेतालाई व्यंग्य गर्दै ‘लौन नेता ज्यु, मधुवनमा आउन कैलेकाहीँ, किन नेता ज्यु हाम्रो भेट हुन्न पहिले झैँ... जनताका काममा ध्यान दिनुपर्ने भन्दै सन्देशमूलक गीत सुनाए ।

जब गायक पंगेनीले महोत्सवका दर्शकलाई विदेश कमाउन गएको छोरो चार्डपर्व र रमाइलोमा अनि मधुवन महोत्सवमा पनि घर नफर्किएको कथा व्यथा समेटेर आमाहरुका लागि भन्दै गाएको ‘आमा बिदा पाइएन, अहिले ताराताल मधुवनको महोत्सवमा घरमा आइएन......’ गीत जब जुनाए अधिकांश दर्शक भावुक भए चुपचाप, शान्त अनि आमाहरु रुन थाले ।  महिलाहरु च्यादरले आँखाभरी भरिएका आँसु पुछदै गीत सुनिरहे । 

गायक पंगेनीले गीत गाइरहँदा महोत्सवमा उपस्थित अधिकांश महिलाहरु च्यादरले मुख छोपी सुँक्कसुँक्क रोएपछि उनी सम्झाउन स्टेजबाटै ओर्लिका थिए । आमाहरुलाई अंगालो मार्दै पूरै गीत नसकी उनले बीचैमा रोके र भन्न थाले, ‘आमाहरु मैले तपाईँहरुलाई रुवाउनका लागि यो गीत पस्केको होइन ।’ एकछिन माहौल नै खल्बलियो  । प्रहरीलाई दर्शकहरु सम्हाल्नै हम्मेहम्मे पर्यो । भिडभाडमा केहीका बच्चाबच्चीसमेत हराएको सूचना आउन थाल्यो । 

त्यसपछि गायक बद्री पंगेनीले युवायुवतीका लागि रमाइला खालका गीत गाउँछु भन्दै नाच्न र आमाहरु नरुनुस भनेर आग्रह गर्दै रमाइला खाले गीत सुनाउन थाले । 
गायक पंगेनीले आमाहरुलाई नरुन आग्रह गर्दै ‘पंगेनीलाई के भयो भयो, छेउमै बस्ने नानीमा मन गयो कान्छी य कान्छी, टयाईँकुटी ट्याईँकुटी झ्याईँ’ लगायतका रमाइला गीत सुनाउँदै आफु पनि नाच्दै अनि दर्शकहरुलाई नचाउँदै महोत्सव तताए । 

गायक नवीन पौडेल र गायिक भूमिका गिरीले पनि नचाए

गायक नवीन पौडेल, गायिका भूमिका गिरीले पनि महोत्सवमा आफ्नो गीत प्रस्तुत गरेर दर्शकहरुलाई भरपुर मनोरञ्जन दिएपछि बर्दियाको मधुवन नगरपालिका सानोश्री तारातालको महोत्सव झनै तातेको थियो । 

यस्तै महोत्सवमा गायक नवीन पौडेलले ‘चार बजे स्कुलबाट घरमा आइनन् भनी, बस्नुपर्छ बाउआमाले औँला गनीगनी’, ‘जोगाउनै गाह्रो फुलेको तोरीलाई, जोगाउनै गाह्रो हुर्किएकी छोरीलाई।’ गीत गाएर हजारौँ दर्शकलाई नचाए । 

अहिलेका निक्कै व्यस्त गायक पौडेलले ‘आजै भेट भाको बर्दिया आको म परेँ पाल्पाको, ‘बैनी कति जाति, पानी माग्दा मैदिनी, एक्लै हुदा सैदिनी’, के सम्झनु छ र जान्न मत त्यो घर, हरेक जातजाति, सत्य खान्छु कसम, बुलाकी लाउँदिनौ झुम्काना लाउँदिनौं, लगायतका गीतहरु प्रस्तुत गरेका थिए । 

“देश निर्माणमा उद्योग व्यापारको आवश्यकता, व्यवसायिक हितसँगै सामाजिक एकता” भन्ने नाराका साथ आयोजना गरिएको बर्दियाको पहिचानका लागि मधुवन औधोगिक, व्यापारिक, कृषि तथा पर्यटन महोत्सव २०७४ फागुन २९ गतेसम्म १० सञ्चालन हुने महोत्सव मुल आयोजक समितिले जनाएको छ ।

महोत्सवको प्रदर्शनीमा घरेलु उद्योगबाट उत्पादित वस्तु, दैनिक उपभोग्य सामग्रीहरु, अटोमोबाइल, कृषि उत्पादन तथा जडिबुटीहरु, हस्तकला, सूचनामूलक सामग्रीहरु, सुचना प्रविधि, पर्यटकीय क्षेत्रको व्यापक प्रचारप्रसार, स्थानीय परिकार, सांस्कृतिक झलक, गार्मेन्ट, जुत्ता तथा पस्मिनालगायत बाल उद्यानमा ठूला साना झुला, नाउ, आदि रहेको छ ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया