MENU

बातावरण-कृषि

ujyaalo forign call inside

खप्तड राष्ट्रिय निकुञ्जमा चोरी शिकारी रोकिएन

विमल विष्ट/उज्यालो ।

डोटी, फागुन २५ – सुदूरपश्चिमको पर्यटकिय क्षेत्र खप्तड राष्ट्रिय निकुञ्जमा वन्यजन्तु चोरी शिकारी तथा काठ तस्करी रोकिएको छैन । 

चोरी निकासीलाई न्यून गर्न खप्तडमा नेपाली सेनाले गस्ती गर्ने गरेको भए पनि वन्यजन्तु र काठ चोरी नरोकिएको खप्तड राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाशबहादुर शाहीले बताउनु भयो । चारवटा क्षेत्रमा इलाका कार्यालयमार्फत चोरी निकासी रोकथामको प्रयास गरिदै आएको भएपनि रोक्न नसकिएको उहाँले बताउनु भयो ।

चोरी सिकारी तथा अन्य गतिविधि रोक्नका लागि निकुञ्जमा सीसी क्यामरासमेत जडान गरिएको भए पनि पूर्ण रुपमा चोरी सिकारी तथा काठ तस्करी रोक्न सकिएको छैन । निकुञ्जभित्र रहेका जनावरको अवस्था र उनीहरूको अध्ययन तथा अवलोकन गर्नका लागि सीसी क्यामरा निकै सहयोगी बनेको सहायक संरक्षण अधिकृत शाहीले बताउनु भयो । 

निकुञ्जभित्र रहेका बाघ, चितुवा, मृग, घोरललगायत जनावरको चोरी शिकारी तथा यो क्षेत्रमा रहेका काठ तस्करी रोकथामका लागि २४ वटा सीसी क्यामरा जडान गरिएको बताइएको छ ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया