MENU

समाज

ujyaalo forign call inside

बोक्सीको आरोपमा किशोरीमाथि कुटपिट, प्रहरीले नै उजुरी दर्ता गर्न मानेन

नवराज पनेरु/उज्यालो ।

कैलाली, फागुन २५ – फागुन २४ गते महिला दिवसको दिन बोक्सीको आरोपमा कैलालीको घोडाघोडी नगरपालिका–५ की १८ वर्षीया किशोरी राधा चौधरीमाथि कुटपिट भएको छ । 

उहाँलाई गाउँकै गुरुबा भनिने रामबहादुर चौधरीले आफ्नो घरमा भएको पूजामा नआएको भन्दै बोक्सीको आरोपमा मरणासन्न हुने गरी कुटपिट गरेका हुन् । कुटपिटबाट गम्भीर घाइते भएकी किशोरीको सेती अञ्चल अस्पताल कैलालीमा उपचार भइरहेको छ । 

गुरुबाले कुटपिट गरेपछि राधाका आफन्त र केहि स्थानीयबासिन्दाले प्रहरी चौकी सुख्खडमा उजुरी गर्न गएको भए पनि प्रहरीले उजुरी नै गर्न मानेन । प्रहरीले उजुरी गर्न नमानेपछि घोडाघोडी नगरपालिका ५ का वडाध्यक्ष राम रोकायले आएर मिलापत्र गराउने भन्दै सबैलाई चौकीबाट लिएर गएका थिए । र राधालाई घोडाघोडीको अस्पतालमा भर्ना गरिएको थियो । 

तर आज किशोरीमाथि कुटपिट भएको भिडियो सार्वजनिक भएपछि स्थानीय मानवअधिकारकर्मीहरुको टोली घोडाघोडीमा पुगेको थियो । मानवअधिकारकर्मीले दवाव दिएपछि प्रहरीले गुरुबालाई पक्रेको छ । उनलाई अहिले जिल्ला प्रहरी कैलालीमा ल्याइएको छ ।

घाइते किशोरीलाई पनि उपचारका लागि घोडाघोडीबाट सेती अञ्चल अस्पतालमा ल्याइएको छ । कुटपिटमा संलग्न गुरुबा पक्राउ परे पनि किस्मती चौधरीलाई भने प्रहरीले अझै पक्राउ गरेको छैन ।

- भिडियो सौजन्य : Tharunk.com

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया