MENU

खेल

ujyaalo forign call inside

​नेपालको लगातार तेस्रो हार, अफगानिस्तानसँग ६ विकेटले पराजित

काठमाडौं, फागुन २६ – विश्वकप छनोट क्रिकेटको आफ्नो तेस्रो खेलमा नेपाल अफगानिस्तानसँग ६ विकेटले हारेको छ । 

जिम्बावेको बुलावायोस्थित एथ्लेटिक क्लबको मैदानमा टस जितेर ब्याटिङ रोजेका नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९४ रन बनाएको थियो ।

१ सय ९५ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको अफगानिस्तानले ३८.४ अाेभरमा ४ विकेट गुमाउँदै लक्ष्य भेटायाे । अफगानिस्तानका लागि नजिबुल्लाह जदरनले नटअाउट रहँदै सर्वाधिक ५२ रन बनाए । त्यस्तै रहमत शाहले ४६, माेहम्मद नाबीले ३४, जावेद अहमादीले २६ रन बनाए । त्यस्तै रसिद खानले २१ रनकाे याेगदान दिए । समिउल्लाह शेनवारी नटअाउट रहँदै ८ रन बनाए । 

नेपालका दिपेन्द्रसिंह ऐरीले २ विकेट तथा सन्दीप लामिछाने र करण केसीले १/१ विकेट लिए ।

तीन खेलमा पराजित भएको अफगानिस्तान आजको खेल जित्दै सुपर सिक्समा पुग्ने सम्भावना कायमै राखेको छ । 

आजको हारपछि नेपालको सुपर सिक्समा जाने सम्भावना निकै कठिन बनेको छ । हङकङसँग एक खेल खेल्न बाँकी रहेको नेपालले हङकङलाई भारी अन्तरले हराउन सके मात्र सुपर सिक्समा पुग्नेछ । यदि हङकङले नेपाललाई जितेमा हङकङ नै सुपर सिक्समा जानेछ भने नेपालले झिनो अन्तरमा हराएमा अफगानिस्तान सुपर सिक्समा जानेछ । 

टस जितेर ब्याटिङ गरेकाे नेपालकाे ब्याटिङ समस्या अाज पनि देखियाे । नेपालका ओपनर ब्याट्सम्यान अनिलकुमार साहलाई चौथो ओभरको अन्तिम बलमा मुजीवर रहमानले एलबीडब्ल्यू आउट गरे । 

त्यसपछि क्रिजमा आएका कप्तान पारस खडकाले उत्कृष्ट ब्याटिङ गर्दै ८८ बलमा १० चौका र एक छक्कासहित ७५ रन बनाएका थिए । उनलाई मोहम्मद नाबीको बलमा समिउल्लाह शेनवारीले क्याचआउट गरेका हुन् । 

ओपनर ब्याट्सम्यान ज्ञानेन्द्र मल्लले ६९ बलमा दुई चौकासहित २३ रन बनाएर आउट भए । उनलाई अफगानिस्तानका कप्तान राशिद खानले एलबीडब्ल्यू आउट गरेका हुन् । 

चौथो विकेटका रुपमा रोहितकुमार पौडेल एक रनमै आउट भए । उनलाई मोहम्मद नाबीको बलमा शराफउद्दीन अश्रफले पौडेललाई क्याच आउट गरेका हुन् । 

पाँचौ विकेटको रुपमा दिपेन्द्रसिंह ऐरी ४१ बलमा ३ चौका र १ छक्का हान्दै ३२ रन बनाएर रसीद खानको बलमा आउट भएका हुन् ।

नेपालको छैटौं र सातौं विकेटको रुपमा आरिफ सेख र सोमपाल कामी आउट भए ।  ३६ बलमा ३ चौकासहित २३ रन बनाएका आरिफ आउट भए लगत्तै सोमपाल कामी पनि ९ रनमा आउट भए । उनीहरु दुबैजनालाई मोहम्मद नाबीले आउट गरेका हुन ।

अाठाैं विकेटकाे रुपमा करण केसी ६ रनमा अाउट भए । सन्दीप लामिछाने र ललित राजवंशी शून्य रनमा नै अाउट भए ।

विकेट पतन : नेपाल

१–१३(अनिलकुमार साह, ३.६), २–१०५(ज्ञानेन्द्र मल्ल, २५.६), ३–१११(पारस खड्का, २८.५), ४–१२३(रोहितकुमार पौडेल, ३२.४), ५–१४९(दिपेन्द्रसिंह ऐरी, ३७.४), ६–१७९(आरिफ शेख, ४४.४), ७–१७९(सोमपाल कामी, ४४.५), ८–१९३(करण केसी, ४८.३), ९–१९४(सन्दीप लामिछाने, ४८.६), १०–१९४(ललित राजवंशी, ४९.५)

विकेट पतन : अफगानिस्तान 

१–२८(रसिद खान, ५.२), २–९३(जावेद अहमादी, २२.१), ३–१११(रहमत शाह, २५.२), ४–१५०(३३.६, मोहम्मद नाबी)

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया