MENU

राजनीति

ujyaalo forign call inside

माओवादीका महरालाई प्रतिपक्षी कांग्रेसको समर्थन किन ?

अर्जुन पाेख्रेल/उज्यालाे ।

काठमाडौं, फागुन २६ – हारिन्छ भन्ने पक्का हुँदाहुँदै पनि नेपाली कांग्रेसले राष्ट्रपति पदमा कुमारीलक्ष्मी राईको उम्मेदवारी दर्ता गरेको छ । 

सभामुखमा पनि कांग्रेसले उम्मेदवारी दिन्छ भन्ने धेरैको अनुमान थियो । तर नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी दिएन  । बरु माओवादीकै उम्मेदवारलाई  कृष्णबहादुर महरालाई समर्थन गरेर कांग्रेसले ठूलो दिल देखायो ।

संसदमा सम्बोधन गर्दै कांग्रेसका नेता मिनेन्द्र रिजालले कृष्णबहादुर महराको शालिन व्यक्तित्व, नेपालको लोकतान्त्रिक आन्दोलनमा खेलेको भूमिका र शान्ति प्रक्रियाको विषयमा खेलको भूमिकाकाबाट प्रभावित भएर उहाँलाई समर्थन गरेको बतानुभएको थियो । पहिलो संविधानसभामा निकै परिपक्व भूमिका निभाएका सुवास नेम्वाङले प्रस्ताव गर्नु र दोस्रो संविधानसभा चुनाव बहिष्कार गरेका तथा फेरि माओवादीमै फर्किएर  चुनाव जितेका देव गुरुङले समर्थन गर्नु पनि आफ्नो समर्थनको आधार रहेको नेता रिजालको भनाई छ । 

आफूहरुले कुनै स्वार्थको लागि नभै देशको भलाई हुन्छ कि भनेर महरालाई सभामुखमा स्वीकारेको कांग्रेसको भनाई छ । 

पार्टी एकता नभए माओवादीलाई कांग्रेसले साथ दिने संकेत

नयाँ सरकार गठनअघि  कांग्रेसले माओवादीलाई पटक–पटक सरकारको नेतृत्व लिन भनेको थियो । तर चुनावअघि नै एमालेसँग गठबन्धन गरेको माओवादीले कांग्रेसको त्यो प्रस्ताव अस्वीकार गरेको थियो । अहिले २ पार्टी एकताको लागि विभिन्न कार्यदलले काम गरिरहेका छन् । तर विधान र संगठनात्मक ढाँचामा धेरै नै विरोध भएका कुरा बाहिर आइरहेका छन् । यस्तो अवस्थामा माओवादीसँग सम्बन्ध बिगार्नु भन्दा सपार्नुमै फाइदा रहेको कांग्रेसको ठम्याइ छ । 

आफ्ना उम्मेदवारले हार्ने निश्चित हुँदाहुँदै पनि कांग्रेसले विद्यादेवी भण्डारीको विरुद्धमा कुमारीलक्ष्मी राइलाई उम्मेदवार बनायो । तर माओवादीले सभामुखको उम्मेदवार बनाएका कृष्णबहादुर महरालाई भने उसले सहजै समर्थन ग¥यो । यसको अर्थ कांग्रेसले माओवादीसँगको दूरी लामो होइन छोटै बनाइरहेको छ  र यसलाई नै निरन्तरता दिनेछ । 

आजको संसद बैठक सकिएपछि कांग्रेसका महामन्त्री शशांक कोइरालाले पत्रकारलाई दिएको अभिव्यक्तिले पनि माओवादी र एमालेको सम्बन्ध बिग्रनेबित्तिकै कांग्रेसले माओवादीको काँध थाप्छ भन्ने कुरा प्रष्टै थियो । तपाईँहरुले सभामुखमा समर्थन गरेर माओवादीसँग थप नजिक हुन खोजेको हो ? पत्रकारको प्रश्नमा महामन्त्री शशांक कोइरालाले भन्नुभयो, ‘तपाइँले जे भन्नुभयो, त्यो पनि हो, हामीले त उनीहरुसँगको सम्बन्ध जति सक्यो बढाउने नै हो ।’ तर अहिले नै सत्ता परिवर्तन गरेर माओवादीलाई काँध थाप्ने रणनीतिको रुपमा महरालाई समर्थन गरेको नबुझिदिन भने उहाँले पत्रकारलाई आग्रह गर्नुभयो । 

माओवादीका महराको स्वच्छ पृष्ठभूमि हेरेरै कांग्रेसले समर्थन गरेको कोइरालाको भनाई छ । ‘महराजी को पृष्ठभूमि हेर्नुहोस न, उहाँ १० वर्षको जनयुद्धमा पनि हुनुहुन्थ्यो, २०४८ सालपछि उहाँ निरन्तर लाग्नुभएको छ, उहाँ नेपाल कम्युनिष्ट पार्टीको नेता पनि हुनुहुन्छ’ उहाँले भन्नुभयो, ‘उहाँलाई समर्थन गर्दा बिग्रन्न भनेरै हामीले  समर्थन गरेको हो ।’

 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया