MENU

राजनीति

ujyaalo forign call inside

सरकारी निर्देशन नमान्ने कर्मचारीलाई कार्वाही गर्छु : मन्त्री केसी

देब पचभैया/उज्यालो ।

पाल्पा, फागुन २७ – ५ नम्बर प्रदेशका आन्तरीक मामला तथा कानून मन्त्री कुलप्रसाद केसीले सरकारको नीति निर्देशन नमान्ने कर्मचारीलाई कारवाही गर्ने चेतावनी दिनुभएको छ ।

नेकपा माओवादी केन्द्र पाल्पाले शनिबार तानसेनस्थित श्रीनगर डाँडामा आयोजना गरेको जनयुद्धका शहीदको सम्मान कार्यक्रममा बोल्दै मन्त्री केसीले कर्मचारीतन्त्र पुरानै मानसिकतामा अल्झिरहेको हुँदा काम गर्न अप्ठेरो भएको बताउनु भयो ।

उहाँले सरकारी नीति र निर्देशन नमान्ने कर्मचारी कारवाहीको भागीदार हुनैपर्ने बताउनुभयो । शहीदहरुको त्याग र बलिदानबाट देशमा संघीयता कार्यन्वयन भइरहेको भन्दै उहाँले सुशासनसहितको समृद्ध नेपाल बनाउन वर्तमान सरकार सक्रिय रहेको बताउनुभयो ।

जनयुद्धमा पाल्पाबाट ४२ जना शहीद भएका थिए । कार्यक्रममा जनयुद्धका क्रममा घाइते भएका तथा जेलनेल परेका १० जनालाई सम्मान गरिएको थियो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया