MENU

बातावरण-कृषि

ujyaalo forign call inside

​वायु प्रदुषण बढ्यो

काठमाडौं, फागुन २७ – पानी नपर्दा वायु प्रदुषण बढेको छ ।

सडक विस्तार र बाटो मर्मतको काम धेरै भएकाले वायु प्रदुषण बढेको हो । यस्तै वातावरणलाई असर पार्ने खालका गाडीको धुवाँका कारण पनि वायु प्रदुषण बढेको छ । प्रि–मनसुनको अहिलेको समयमा तत्काल पानी पर्ने सम्भवना नरहेकाले प्रदुषणको मात्रा अझै बढ्न सक्ने मौसमविद्ले बताएका छन् ।

मौसमविद मिनकुमार अर्यालका अनुसार यति बेला पनी पार्ने वायु निकै कमजोर छ । यसले गर्दा दिउँसो पछिको समयमा बादल लागे पनि पानी पर्न सकेको छैन । वायुमण्डलको तल्लोदेखि माथिल्लो तहसम्मको हावामा पर्याप्त पानी नहुँदा पानी पर्न नसकेको उहाँले बताउनुभयो । आइतबार पनि मध्य र पश्चिमी केही क्षेत्रमा दिउँसो पछि मौसम बदली हुने अनुमान छ ।

तर, खासै पानी नपर्ने मौसमविदले बताएका छन् । यसपालिको हिउँदमा पर्याप्त पानी नरपेकाले बालीनालीमा समेत रोग किरा लाग्ने खतरा बढेको भन्दै किसान चिन्तित भएका छन् ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया