MENU

राजनीति

ujyaalo forign call inside

​स्वतन्त्र सांसद लामाले सरकारको पक्षमा मत दिने

काठमाडौं, फागुन २७ – हुम्लाबाट निर्वाचित सांसद छक्कबहादुर लामाले सरकारको पक्षमा मतदान गर्नुहुने भएको छ ।

माओवादी केन्द्रबाट टिकट नपाएपछि स्वतन्त्र रुपमा उठेर चुनाव जितेका लामाले आज संसदमा हुने प्रधानमन्त्रीको विश्वासको मतको चुनावमा सरकारको पक्षमा मतदान गर्ने उज्यालोलाई जानकारी दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदबाट विश्वासको मत लिँदै हुनुहुन्छ । वाम गठबन्धनकै बहुमत रहेको संसदमा संघीय समाजबादी फोरम, राजपा र राप्रपाले पनि सरकारको पक्षमा मतदान गर्ने भएकाले सरकारले तीन चौथाई मत पाउने देखिएको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया