MENU

साहित्य/ कला

ujyaalo forign call inside

​भोजपुर आइडलको उपाधि जितेनले हात पारे

भोजपुर, २७ फागुन । पाँचौ भोजपुर आइडलको उपाधि भोजपुर नगरपालिका –१०, भैसीपंखाका जितेन राईले जितेका छन् । शनिबार भएको फाइनल अडिसनमा राईले उपाधि चुमेका हुन् ।

फाइनलमा गायक दीपक वान्तावा र कला राईको निर्णय तथा भोटिङका आधारमा राई पाँचौ भोजपुर आइडल घोषित भएका हुन् । राईले ट्रफी प्रमाण पत्रको साथमा नगद एक लाख रुपैयाँ र अन्य अवसरहरु पाएका छन् ।

त्यस्तै उत्कृष्ट स्वरतर्फ भोजपुर नगरपालिका–१२, का दीपक शाक्य, उत्कृष्ट अनुशासन अरुण गाउँपालिका–१, याङपाङकी अनिता आले मगर उत्कृष्ट व्यक्तित्व रामप्रसाद राई गाउँपालिकाका सुजन राई, उत्कृष्ट प्रस्तुति हतुवागढी गाउँपालिकाका कमल राई घोषित भएका छन् ।

उत्कृष्ट स्वरले नगद २० हजार, उत्कृष्ट अनुससान १० हजार, उत्कृष्ट व्यक्तित्व, १० हजार, उत्कृष्ट प्रस्तुति नगद १० सहित ट्रफी प्रमाण पाएका छन् । अवसरको अभावमा साघुँरो भूगोलमा रम्न बाध्य कलाकारहरुलाई संगितको मुलधारमा ल्याउने उद्धेश्यका साथ कटुन्जे युवा क्लबले गएको ६ वर्षदेखि प्रतियोगिता गराउँदै आएको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया