MENU

राजनीति

ujyaalo forign call inside

सरकारको विपक्षमा कांग्रेस मात्रै ! नयाँ शक्तिले विश्वास गर्ने, तर मत नदिने


काठमाडौं, फागुन २७ – प्रधानमन्त्री केपी शर्मा ओलीलाई कांग्रेसबाहेक अरु दल र स्वतन्त्र उम्मेदवारले विश्वासको मत दिने भएका छन् । 

फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री ओलीले  आइतबार दिउँसो ३ बजे संसदबाट विश्वासको मत लिन लाग्नुभएको हो ।  प्रमुख प्रतिपक्ष कांग्रेस बाहेकका अन्य दल तथा स्वतन्त्र सांसदहरुले प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने भएका छन् ।

सत्ता गठबन्धनमा रहेका प्रमुख दल एमाले र माओवादी केन्द्रसँगै संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी (राजपा) ले विश्वासको मतको पक्षमा भोट दिने निर्णय गरिसकेका छन् । कांग्रेसले राजपालाई प्रतिपक्षको भूमिकामा मतदान गर्न आग्रह गर्दै आएको थियो ।

तर राजपा र वाम गठबन्धनबीचको पछिल्लो वार्ता सकरात्मक बन्दै गएपछि राजपाले सरकारको समर्थनमा मतदान गर्न लागेको हो । यसअघि राजपा र फोरमले राष्ट्रपतिमा वाम गठबन्धनकी उम्मेदवार विद्यादेवी भण्डारीकै पक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् ।

संसदमा स्वतन्त्र हैसियतमा ५ सांसद रहेका छन् । राष्ट्रिय जनमोर्चा, नयाँ शक्ति पार्टी, राप्रपा र नेपाल मजदुर किसान पार्टीबाट प्रतिनिधित्व गर्ने १–१ र अर्का १ जनाले स्वतन्त्रबाटै चुनाव जितेका छन् ।

कमल थापा नेतृत्वको राप्रपाले सरकारलाई समर्थन गर्ने निर्णय गरिसकेको छ । यस्तै स्वतन्त्रबाट चुनाव जितेका सांसद छक्कबहादुर लामाले सरकारको पक्षमा मतादान गर्ने जानकारी दिनुभयो ।

नयाँ शक्ति पार्टीका संचार विभाग प्रमुख विश्वदीप पाण्डेले सरकारलाई विश्वास गर्ने, तर मत नदिने जानकारी दिनुभएको छ । उहाँले आफ्नो फेसबुक पेजमा लेख्नुभएको छ – सरकारबारे नयाँ शक्ति पार्टीको निर्णय भनेको सरकार छ भनी विश्वास गर्ने तर विश्वासको मत नदिने हो । नयाँ शक्ति प्रतिपक्षी भई बस्नेछ । सरकारका कामलाई गुण र दोषका आधारमा मूल्यांकन गरी सही कामको समर्थन र गलत कामको विरोधरखबरदारी गरिनेछ ।

नयाँ शक्तिका प्रवक्ता प्रशान्त सिंहले पनि आफ्नो पार्टी नेपाल प्रतिपक्षमा रहने जानकारी दिनुभयो । कांग्रेसकै समर्थनमा नयाँ शक्तिबाट निर्वाचित सांसद डा बाबुराम भट्टराई अहिले देश बाहिर हुनुभएकाले आइतबारको संसद बैठकमा उपस्थित हुन सक्नुहुन्न ।

यस्तै वाम गठबन्धनसँगै मिलेर चुनाव जितेको राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले औपचारिक निर्णय गरिनसकेपनि सरकारकै पक्षमा मतदान गर्ने सम्भावना छ ।

प्रधानमन्त्रीको पक्षमा

  • एमाले १२१
  • माओवादी केन्द्र ५३
  • राजपा १७
  • संघीय समाजवादी फोरम १६
  • स्वतन्त्र (राष्ट्रिय प्रजातन्त्र पार्टी १)
  • स्वतन्त्र (छक्कबहादुर लामा १)

विपक्षमा

  • कांग्रेस ६३

तटस्थ 

  • स्वतन्त्र (नयाँ शक्ति १)

अनिर्णित 

  • स्वतन्त्र (राष्ट्रिय जनमोर्चा)
  • स्वतन्त्र (नेपाल मजदुर किसान पार्टी)
Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया