MENU

राजनीति

ujyaalo forign call inside

पराजुलीले आफ्नै नेतृत्वमा गठन गरे पूर्ण इजलाश

काठमाडौं, फागुन २७ – प्रधानन्यायाधीस गोपाल पराजुलीले आफू र सर्वोच्च अदालतको मानहानी सम्बन्धी दुई वटा मुद्दाको सुनुवाइका लागि आफूसहितको पूर्ण इजलाश गठन गर्नुभएको छ ।

डाक्टर गोविन्द केसी र कान्तिपुर पब्लिकेशनले प्रधानन्यायाधीश पराजुली र न्यायलयको अवहेलान गरेको भन्दै परेका मुद्दाको सुनुवाईका लागि पराजुलीले आफैं संलग्न रहेको इजलाश बनाउनु भएको छ ।

न्यायाधीशहरुले आफू र आफ्नो परिवार तथा नातागोतासँग सम्बन्धित मुद्दाको सुनुवाई नगर्ने परम्परा छ । कान्तिपुर पब्लिकेशन र डाक्टर केसीमाथिको मुद्दाको सुनुवाईका लागि गठन गरिएको पूर्ण इजलाशमा पराजुलीसहित, न्यायाधीशहरु चोलेन्द्रशमशेर जबरा, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, सारदाप्रसाद घिमिरे र तेजबहादुर केसी रहनु भएको छ ।

डाक्टर केसीले प्रधानन्यायाधीश पराजुलीले पदीय मर्यादा विपरित काम गरेको आरोप लगाउनु भएको थियो । यस्तै कान्तिपुरले भने पराजुलीले फर्जी प्रमाणपत्र र नागरिकता बनाएको भन्दै समाचार प्रकाशन गरेको थियो । 

डाक्टर केसीको भनार्इले सर्वोच्च र प्रधानन्यायाधीशको अवहेलना भएको भन्दै सर्वोच्च अदालतका शाखा अधिकृत नेत्रबन्धु पौड्यालले र कान्तिपुरका विरुद्ध भने अधिवक्ता तोयानाथ ढुंगानाले मुद्दा हाल्नु भएको हो ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया