MENU

अन्तर्राष्ट्रिय

ujyaalo forign call inside

सैन्य शक्तिमा भारत चौथो, पाकिस्तानको बराबरीमा आउने प्रयास

फागुन २७ – सैन्य शक्तिको हिसाबमा संसारमा भारत चौथो बलियो देशको रुपमा रहेको तथ्यांक सार्वजनिक भएको छ । युद्धको हतियार र सशस्त्र बलको आधारमा अमेरिका, रुस र चीनपछि भारत चौथो नम्बरमा रहेको छ । जबकी फ्रान्स र ब्रिटेन पनि भारतपछि पर्छन् । 

संसारभरिको आधुनिक हातहतियार र सैन्य शक्तिको विश्लेषण गर्ने संस्था ‘ग्लोवल फायर पावर’ले २०१७ मा सैन्य शक्तिको हिसाबले बलियो रहेका १३३ देशको सूची तयार गरेको थियो । यो सूचीका आधारमा अहिले पनि अमेरिका सैन्य शक्ति र हातहतियारमा पहिलो नम्बरमा रहेको छ । 

सैन्य शक्तिका लागि जुन हतियारको विश्लेषण गरिएको छ त्यसमा परम्परागत युद्धका हातहतियार समावेश गरिएको थियो । यो सूचीमा आधुनिक परमाणु हतियारलाई समावेश गरिएको छैन । 

बीबीसी संवाददाता शकिल अख्तरले दिएको जानकारी अनुसार यो सूचीमा पाकिस्तान सैन्य शक्तिको हिसाबले विश्वभरमा १३ औँ नम्बरमा रहेको छ । 

अमेरिकाले आफ्नो रक्षाका लागि ५८७ अरब डलर सञ्चित गरेको थियो भने चीनले १६१ डलर रक्षाका लागि बजेट राखेको थियो । चीनमा अहिले पनि सक्रिय सैनिकको संख्या २२ लाख र अन्य सैनिकको संख्या १४ लाख रहेको छ । उनीहरुको साथमा तीन हजारको संख्यामा लडाकु विमान रहेको छ । 

चीन सैन्य शक्तिको हिसाबले अमेरिका र रुसभन्दा पछाडि रहेको छ । तर अहिले चीन अन्य देशलाई उछिन्दै अगाडि आउने सम्भावना रहेको देखिन्छ । यसले रक्षाका लागि छुट्याएको बजेट भारतको भन्दा तीन गुणा बढी रहेको छ । 

भारतकाे रक्षाका लागि छुट्याइएको बजेट ५१ अर्ब डलर छ । 

ग्लोबल फायर पावरका अनुसार अमेरिकासँग सैन्य १३ हजारभन्दा बढी जहाज रहेको छ । जसमा लडाकु, परिवहन र हेलिकप्टर समावेश रहेका छन् । यस्तै, चीनसँग तीन हजारभन्दा बढी लडाकु जहाज रहेको छ । 

भारतसँग लडाकु जहाजको संख्या दुई हजारभन्दा बढी रहेको छ । यस्तै, सक्रिय सैनिकको संख्या १३ लाखभन्दा बढी छ । यसका साथै अन्य समयका लागि २८ लाख सैनिक रिजर्भ छन् । जसले जरुरी परेको बेलामा मद्दत गर्न सक्नेछन् । 

यो सूचीको अनुसार पाकिस्तान संसारको १३ औँ शक्तिशाली देशमा रहेको छ । पाकिस्तानको रक्षा बजेट ७ अर्ब डलर रहेको छ । यस्तै, सक्रिय सैनिकको संख्या ६ लाख ३७ हजार रहेको छ भने तीन लाख रिजर्भ सैनिक रहेका छन् । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया