MENU

राजनीति

ujyaalo forign call inside

राधा चौधरीमाथि कुटपीट गर्नेलाई कडा कारवाही गर्न संसदको ध्यानाकर्षण

काठमाडौं, फागुन २७ – सांसदहरुले कैलालीमा बोक्सीको आरोपमा राधा चौधरीलाई कुटपिट गर्नेहरुलाई कडा कारवाही गर्न माग गरेका छन् । 

प्रतिनिधिसभाको आजको पहिलो बैठकमा सांसदहरुले अहिलेको आधुनिक युगमा पनि बोक्सीको आरोपमा गाउँलेहरु मिलेर युवती कुट्नु दानवीय कार्य भएको भन्दै घटनामा संलग्नलाई कडा कारवाहीको माग गरेका हुन् । 

सरकारले कडा कदम चाल्न नसक्दा समाजमा नारीमाथि हुने हिंसा नघटेको भन्दै सांसद दुर्गा पौडेलले राधा चौधरीमाथि कुटपीट गर्नेलाई कडा कारवाही गर्न संसदको ध्यानाकर्षण गराउनुभयो । यस्तै माओवादीका सांसद वर्षमान पुन, संघीय समाजवादी फोरमका राजेन्द्र श्रेष्ठ र राजपाका सांसद सरदसिंह भण्डारीले पनि कैलाली घटनाले सारा नेपालीलाई लज्जित बनाएको भन्दै दोषीलाई कारवाही गर्न माग गर्नुभयो । 

यस्तै नेमकिपाका सांसद प्रेम सुवालले यो विषयमा सभामुखले रुलिङ गरेर तत्कालै सरकारको जवाफ माग्नुपर्ने बताउनुभयो । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया