MENU

राजनीति

ujyaalo forign call inside

चुनावका बेला ठाकठुक भए पनि अब सबै मिलेर जानुपर्छ : प्रम ओली

काठमाडौं, फागुन २७ – प्रधानमन्त्री केपी शर्मा ओलीले अब सरकार र प्रतिपक्ष दुवै मिलेर देशलाई सम्वृद्ध बनाउनुपर्ने बताउनुभएको छ ।

 

विश्वासको मत लिने क्रममा संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान अनुसार हुनुपर्ने तीनवटै तहका चुनाव सकिएकाले अब सरकार र प्रतिपक्षी दुवै मिलेर देश विकासमा लाग्नुपर्ने बताउनुभएको हो । ‘चुनावका बेला कुनै कुनै दलसँग केही असमझदारी, ठाकठुक परे होलान् तर अब हामीले त्यो कुरा बिर्सेर देश सम्वृद्ध बनाउन लाग्नुपर्छ’ संसद भवनमा निकै गम्भीर देखिएका प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘सरकारमा छौं जे पनि गर्न सक्छौं भनेर दम्भ देखाउने छैनौं, प्रतिप्रक्षीले पनि  जे कुरामा पनि निहुँ खोज्न हुन्न र सम्बृद्धिको बाटोमा जानुपर्छ ।’

प्रधानमन्त्री ओलीले आफूहरुले लोकतान्त्रिक गणतन्त्रका लागि लामो समय लडेकाले अब नेपाली जनताको इच्छा आकांक्षा परिपूर्ति गर्न सबै दल मिलेर लाग्नु पर्ने बताउनुभयो । ‘अहिले सरकारलाई सरकार बन्न नदिने अवस्था छैन, प्रतिपक्षी हौँ जसरी पनि विरोध गर्नुपर्छ भन्ने सुविधा नै छैन यदि बुझ्ने हो भने’, प्रधानमन्त्री ओलीले कांग्रेसप्रति लक्षित गर्दै भन्नुभयो । 

त्यस्तै उहाँले संसदीय अभ्यासमा प्रतिपक्षी दलले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिन मिल्ने व्यवस्था भएकाले आफूलाई भोट नदिन पर्ने कुनै कारण नभएको प्रधानमन्त्री ओलीले जिकिर गर्नुभयो । 

नागरिकका हक अधिकार सुरक्षित गर्ने र राष्ट्रियताको मामलामा तलमाथि हुनै नसक्ने भन्दै ओलीले आफूले पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि भ्रष्टाचार नगर्न आग्रह गर्नुभयो । 

नागरिकको इच्छा साकार बनाउनकै लागि यो गठबन्धन र सरकार बनेको भन्दै ओलीले सांसदहरुलाई यो कार्यकाललाई सम्वृद्ध नेपाल बनाउने कार्यकालका रुपमा लिन पनि आग्रह गर्नुभयो । सम्वृद्धिको यात्राको अगुवाइ सरकारले गर्ने र त्यसमा प्रतिपक्षीलगायत सबै नागरिकले साथ दिनुपर्ने ओलीको भनाई  छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया