MENU

बातावरण-कृषि

ujyaalo forign call inside

स्थानीय वायुको प्रभावले मेघ गर्जनसहित वर्षा

काठमाडाैं २७ – स्थानीय वायुको प्रभावका कारण अहिले काठमाडौंसँगै देशका विभिन्न भूभागमा वर्षा भइरहेको छ । 

स्थानीय वायुको प्रभावले मेघ गर्जनसहित वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकी मौसमविद् शान्ति कँडेलले भन्नुभयो ‘आइतबार दिउँसो मध्य र पूर्वी पहाडी क्षेत्रमा मेघ गर्जनसहित हल्का वर्षा हुनेछ ।’ उहाँका अनुसार अहिले देशका पूर्वी, मध्य र पश्चिम पोखरापूर्वको भेगमा बदली भइरहेको छ । 

पूर्वमनसुनको याम भएका कारण स्थानीय वायुको प्रभावले मेघ गर्जनसहित छोटो अवधिको वर्षात् गराउँछ । सामान्यतः ‘मार्च, अप्रिल र मे’ पूर्व मनसुनी याम मानिन्छ । 

मौसमविद् कँडेलले भन्नुभयो ‘अहिले एउटै प्रणालीले मात्र वर्षा भइरहेको छैन । प्रिमनसुनी प्रणाली लामो समय रहँदैन यद्यपी आज बेलुकादेखि नै मौसममा सुधार हुँदै जान्छ । सोमबार बिहान मौसम सुधार भए पनि साँझपख फेरि वर्षा हुने सम्भावना रहेको छ ।’

प्रिमनसुनी अवधिमा तापक्रम पनि क्रमशः बढ्दै गएकाले मध्याह्नपछि बदली र वर्षा गराउने सम्भावना हुन्छ । महाशाखाका अनुसार आइतबार काठमाडौँको अधिकतम तापक्रम २६.६ र न्यूनतम तापक्रम १० डिग्री सेल्सियस छ । 

प्रिमनसुनको अवधी सुरुभएसँगै तापक्रम बढ्दो अवस्थामा रहेको हुन्छ । तापक्रम बढ्दै गएपछि वायुमण्डलमा बनेको बाफ बादलमा मिसिन पुग्छ । यसरी बनेको बादलका कारण साँझपरेपछि पानी पर्छ । पानी पर्दा मेघ गर्जने, पानीसँगै असिना पर्ने, चट्याङ पर्ने सम्भावना बढी रहन्छ ।

छिनमै पानी पर्ने, मेघगर्जन र चट्याङ पर्ने प्रक्रिया प्रि–मनसुनको गतिविधि हो । सामान्यतया चैत दोस्रो सातादेखि जेठसम्म प्रि–मनसुनको अवधि रहन्छ । यस अवधिमा हरेक दिनजसो मध्यान्ह्पछि हावाहुन्डरी सहित हल्का वर्षा हुन्छ ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया