MENU

राजनीति

ujyaalo forign call inside

अब जनताले भाषण पत्याउन छाडे, एक्सनमा जाउँ

काठमाडौं, फागुन २७ – नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकारले भाषण नभै काम गर्ने बताउनुभएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने क्रममा संसदमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अब नागरिकले भाषण नपत्याउने भन्दै एक्सनमै जानुपर्ने बताउनुभएको हो । आजसम्म धेरै भाषण सुन्दा नागरिक वाक्क भएकाले अव एक्सनमा नगइ नहुने प्रचण्डको भनाई छ ।

प्रचण्डले आफूहरुले निर्वाचनका समयमा नै विश्वासको मत प्राप्त गरिसकेकाले अहिलेको प्रक्रिया औपचारिकता मात्रै भएको पनि बताउनुभयो । 
‘यहाँ भाषण धेरै भए, नागरिकले भाषण पत्याउन छाडिसके हामीलाई काम गर्न अब कसैले रोक्न सक्दैन त्यसैले हामी एक्सनमा जानुपर्छ’ प्रचण्डले भन्नुभयो । 

उहाँले अब सबै मिलेर देश सम्बृद्ध नबनाए नागरिकले छुट दिने पनि बताउनुभयो । शान्तीप्रक्रियापछिका ८ वटा सरकारलाई आफूले समर्थन गरेको तर यो सरकारलाई समर्थन गर्नुको विशिष्ट अर्थ रहेको भन्दै सबै मिलेर नागरिकलाई सुखका दिनतर्फ लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गएको १० वर्षमा १० जना प्रधानमन्त्री भएको र आफूले ८ जनालाई आफ्नै प्रस्तावमा प्रधानमन्त्री बनाएको बताउनुभयो । उहाँले ठट्टा गर्दै भन्नुभयो, ‘आठ जना प्रधानमन्त्री बनाएँ, कति जना प्रधानमन्त्री बनाएपछि गिनिज बुकमा नाम लेखिने हो ?’ 

कैलालीमा बोक्सीको आरोपमा बालिका कुटिनु अन्त्यन्तै दुःखद कुरा भएको भन्दै प्रचण्डले अब बालिका कुटिइन् भनेर बस्नु भन्दा पनि उनलाई न्याय र दोषीलाई तत्कालै कडा भन्दा कडा कारबाही हुनुपर्ने बताउनुभयो । कारबाही गरौँ भनेर भाषण गर्दैमा नागरिकले नपत्याउने भन्दै प्रचण्डले बालिका कुट्ने र बलात्कार गर्नेविरुद्ध जस्तोसुकै कडा कानुन बनाउन पनि संसद तयार हुनुपर्ने बताउनुभयो ।   

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया