MENU

अन्तर्राष्ट्रिय

ujyaalo forign call inside

​डाक्टरले विरामीको खुट्टा काटेर सिरानी बनाएपछि हंगामा !

फागुन २७ – भारतको उत्तर प्रदेशमा डाक्टरको संवेदनहीनताको पाराकाष्ठा सार्वजनिक भएको छ । 

दैनिक हिन्दुस्तानका अनुसार भारतको उत्तर प्रदेशको झाँसी मेडिकल कलेजमा सडक दुर्घटनामा परेका एक युवकको खुट्टा काट्नु पर्ने भयो । अपरेशनपश्चात विरामीको काटिएको खुट्टा उनको सिरानीमा राखिएको खबरले हंगामा मच्चिएको छ । यस घटना सामाजिक सञ्जालमा भाइरल भएपछि उपचारमा संलग्न नर्स र डाक्टर गरी चार जना निलम्बित भएका छन् । 

शनिबार इटायलबाट मऊरानीपुर जाँदै गरेको स्कूल बस ट्रयाक्टरलाई बचाउन लाग्दा आफै दुर्घटनामा परेको थियो । कक्षा ११ का छात्रासहित बसका स्टाफ घनश्याम गम्भीर रुपमा घाइते भएका थिए । उनलाई झाँसीको लक्ष्मीबाई मेडिकल कलेजमा भर्ना गरियो । डाक्टरले उनको खुट्टा अपरेशन गरी काटे । यहाँसम्म त ठिकै छ तर काटिएको खुट्टा सिरानीमा राखिदिएपछि यो फोटो सामाजिक सञ्जालमा भाइरल भएको थियो । 

यस घटनालाई गम्भीरतापूर्वक लिँदै प्रदेशका चिकित्सा शिक्षा मन्त्री आशुतोष टंडनको निर्देशनमा उपचारमा संलग्न चिकित्सकलाई कडा कारवाही गरिएको छ । उहाँको निर्देशनमा दुई जना वरिष्ठ चिकित्सक आलोक अग्रवाल र महेन्द्र पाल सिंहसहित दुई जना नर्सलाई निलम्बित गरिएको छ ।

मेडिकल कलेजका चिफ मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हरीश चन्द्र आर्यले सिरानीको बदलामा विरामीको काटिएको खुट्टा राख्ने काम गलत भएको बताउनु भएको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया