MENU

राजनीति

ujyaalo forign call inside

प्रधानमन्त्री भएपछि ओलीले जे पनि बोल्न मिल्दैन : गगन थापा


काठमाडौं, फागुन २७ – निर्वाचनको बेला गरेको प्रतिवद्धतालाई उधारोमा हैन हाताहाती रुपमा कार्यन्वयन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले आग्रह गर्नुभएको छ । 

संसदमा प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यक्रममा विशेष समय लिएर बोल्नुहुँदै प्रतिबद्धताको कार्यन्वयन गराउन बलियो प्रतिपक्ष कांग्रेस भएकाले यसको निगरानी गर्ने थापाको भनाई थियो । 

दिगो शान्ति स्थिरता र समृद्धिको लागि बलियो व्यक्तिको पक्षमा हैन बलियो संस्थाको पक्षमा रहेकाले बलियो व्यक्ति हैन संस्था निर्माण गरेर अगाडि बढ्न थापाको सुझाव थियो । ‘ संशोधनको विषयमा एक इन्च लचक हुन नखोज्ने एमाले अहिले दुईतिहाईको नाममा तयार हुनुको नियत सकारात्मक होस्’ थापाले भन्नुभयो, ‘नियत खराब राखेर हैन सकारात्मक सोचको आधारमा काम होस् । नेपाली कांग्रेस सधै सकारात्मक प्रतिपक्षमा रहने छ ।’

‘प्रधानमन्त्री देशको सर्वोच्च कमान्डर हो कुनै दलको हैन । प्रधानमन्त्रीको भूमिकामा तपाईको अब्बल होस् ।’ थापाले भन्नुभयो । गगन थापाले चुनावको बेलामा आफूलाई प्रधानमन्त्री ओलीले ‘यो फुच्चे सेलिब्रेटी हुन ठीक छ’ भन्नुभएको बताउनुभयो । 

थापाले चुनावको बेलामा आफूमाथि बम प्रहार हुँदा ओलीले चर्चामा आउन आफैँले बम पड्काउन लागाएको आरोप लगाउनुभएको थियो । थापाले भन्नुभयो ‘चुनावको बेलामा त जे भन्दा पनि हुन्छ । तर अब ओली प्रधानमन्त्री जस्तो जिम्मेवार पदमा भएकाले उहाँले जे पनि बोल्न मिल्दैन ।’  

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया