MENU

अन्तर्राष्ट्रिय

ujyaalo forign call inside

उत्तर कोरियाका नेता र अमेरिकी राष्ट्रपतिको भेटवार्तामा सुरक्षाकाे त्रास

फागुन २८ – अमेरिकाका जासुसीका प्रमुखले अमेरिका र उत्तर कोरियाका नेताबीचको भेटमा ठूलो चुनौति रहेको बताएका  छन् ।

‘राष्ट्रपति ट्रम्प कुनै थ्रिएटरका लागि  नाटक गरिरहनु भएको छैन’, आइतबार अमेरिकी जासुसीका प्रमुखले फक्स न्यूजलाई भने, ‘उहाँ समस्याको समाधान गर्न लागिरहनुभएको छ ।’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरिया र अमेरिकाबीचको वार्ता विश्वका लागि ठूलो उपलब्धि रहेको बताउनुभएको छ ।
तर, ट्रम्पका आलोचकहरुले उक्त बैठक निराशामा टुङ्गिए विश्वमा पहिलाको भन्दा ठूलै खतरा आउने चेतावनी दिएका छन् ।

पदमा रहेका बेला अमेरिकाका कुनै पनि राष्ट्रपतिले उत्तर कोरियाका नेतासँग यस्ता गम्भीर विषयमा भेटघाट गरेका छैनन् । तर, ट्रम्पले दक्षिण कारियाको पहललाई स्वीकारेर वार्ता गर्न सहमत भएका हुन् । ट्रम्पको उक्त निर्णयप्रति उनकै प्रशासन अचम्ममा परेका थियो ।

विश्वभर उत्तर कोरियाको आणविक कार्यको बिरोध भैरहेको बेलामा उत्तर कोरियाका नेता किम जोन उन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको भेटवार्तालाई सबैले महत्वका साथ हेरेका छन् ।

सन् २००३ देखि नै उत्तर कोरियाले आणविक हतियारको सन्धि उलङ्घन गरे पनि उक्त विषयमा विश्वले छलफल र वार्ता गर्न असफल भएको थियो । अमेरिकाको ‘सेन्ट्रल इन्टिलिजेन्स एजेन्सी’का निर्देशक माइक पोम्पीयोले उत्तर कोरियाको अर्थतन्त्रमा नकारात्मक असर परेकाले वार्ता सम्भव भएको बताएका छन् ।

अमेरिकी अधिकारीले उत्तर कोरियाले वार्तपछि कुनै पनि आणविक कार्यक्रम स्थगित गरेमा मात्र वार्ताले सार्थकता पाउने औल्याएका छन् । तर, उत्तर कोरियाका नेताले वार्तामा कति लाभ लिन सक्छन भन्ने सबैको चासो बढेको छ ।

अमेरिकाका सबै राजनीतिक दलले ट्रम्प र किम जोन उनको वार्तालाई महत्वका साथ हेरेको बीबीसीले जनाएको छ । उत्तर कोरियाका नेता र अमेरिकी राष्ट्रपतिको भेटभन्दा अगाडि नै आणविक कार्यक्रमलाई उत्तर कोरियाले स्थगन गरेर वार्ता सुरु गर्नुपर्नेमा नेताहरुले जोड दिएका छन् ।

शनिबार आफ्ना समर्थकका माझ ट्रम्पले उत्तर कोरियाले शान्ति चाहेको बताएका थिए । उनले परमाणु कार्यक्रम रोक्ने विषयमा प्रगति नभए उत्तर कोरियासँगको वार्ता तत्काल छोड्दिने पनि बताएका थिए ।

आउँदो मे महिनामा अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भेटवार्ता हुने छ । तर समय र ठाउँ भने अझै खुलाइएको छैन । त्यसैले आउँदो मे मा हुने वार्तालाई निकै महत्वका साथ हेरिएको छ ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया