MENU

राजनीति

ujyaalo forign call inside

​जिल्ला समन्वय समितिको ‘सेटिङ’मा अवैध क्रसर उद्योग सञ्चालन

मकवानपुर, फागुन २८ – जिल्ला समन्वय समिति मकवानपुरले विकास निर्माण आयोजनाका नाममा मकवानपुरका नविकरण नभएका क्रसर उद्योगहरुलाई अवैधानिक तरिकाले खोला उत्खनन् गर्न दिएको छ ।

मकवानपुरको छिमेकी धादिङ जिल्लामा नविकरण नगरिएका क्रसर उद्योगहरु स्थानीय प्रशासनले बन्द गरेको छ । तर, मकवानपुरमा नविकरण नगरिकन सञ्चालन गरिएका क्रसर उद्योगहरु बन्द गर्नुको सट्टामा ती उद्योगहरुलाई थप प्रोत्साहन गरी जिल्ला समन्वय समिति मकवानपुर र यहाँको स्थानीय प्रशासनले ढुङगा, गिट्टी वालुवा उत्खनन् गर्न दिएका छन् ।

नविकरण नभएका क्रसर उद्योगलाई सिधैँ उत्खनन् गर्न दिन नमिल्ने भए पनि आयोजनाका नाममा घुमाउरो बाटो अपनाएर ढुङगा, गिट्टी वालुवाको संकलन गर्न दिइएको हो । विकासका काम गर्नका लागि खोलाको ढुङगा, गिट्टी वालुवा सिधैं प्रयोग गर्न नमिल्ने भएकाले प्रशोधन गरेर मात्र प्रयोगमा ल्याउनका लागि क्रसर उद्योगलाई सामाग्री दिइएको जिल्ला समन्वय समिति मकवानपुरका समन्वय अधिकारी नारायणप्रसाद मैनालीले बताउनुभयो ।

नविकरण नगरी सञ्चालन गरिएका सामान्य किराना पसल पनि प्रशासनले सिधैं बन्द गरिदिने गरेको छ । तर, दुई वर्षदेखि नविकरण नभएका क्रसर उद्योगहरु सिधैं बन्द गर्नुपर्ने भए पनि अझ सरकारी निकाय समन्वय समितिले नै उद्योगमा ढुङगा, गिट्टी वालुवा संकलन गर्नका लागि अनुमति दिएको छ ।

विकास निर्माण गर्नका लागि सजिलो होस् भनेर आयोजनाका नाममा ढुङगा, गिट्टी वालुवाको उत्खनन् गरेर संकलन गर्नका लागि दिइएको जिल्ला समन्वय अधिकारी मैनालीले बताउनुभयो ।

विभिन्न आयोजनाका नाममा मकवानपुरका ६ वटा क्रसर उद्योगका प्राङगणमा अहिले ढुङगा, गिट्टी वालुवाको ठूलो चाँङ लगाइएको छ । ती मध्य एउटालाई क्रसर उद्योगकै नाममा र अरु पाँच वटालाई भने विकास निर्माण आयोजनाका नाममा सञ्चालन गर्न दिइएको छ ।

आयोजनाका नाममा नविकरण नभएका क्रसर उद्योगहरुले ढुङगा, गिट्टी वालुवा थुपारिएको विषयमा अनुगमन समितिको बैठक बसेर मात्र निणय गर्न सकिने मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी बुढा, समन्वय अधिकारी मैनाली, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विकासराज खनाल लगायतको अनुगमन समितिमा रहेको टिमले क्रसर उद्योगको पटक–पटक अनुगमन गरेको छ । तर, क्रसर उद्योगमा थुपारिएका सामाग्रीका विषयमा तीनै कार्यालयका प्रतिनिधिहरु मौन छन् ।

समन्वय समितिले साविकको भैंसे गाविस वडा नम्बर ७ मा सञ्चालनमा रहेको सगरमाथा रोडा उद्योगलाई सिधंै हेटौंडा–१, चौकीटोल, सामरी खोला र बसामाडी क्षेत्रमा उत्खनन्का लागि स्वीकृती दिइएको छ । यसैगरी मकवानपुर गढी गाउँपालिकाको वडा नम्बर–५, सिमल्टारमा रहेको साइबाबा क्रसर उद्योगले पनि हेटौंडा–१, को चौकीटोल, बसामाडी क्षेत्र, सामरी खोलामा ढुङगा, गिट्टी वालुवाको उत्खनन् गरिरहेको छ ।

उत्खनन् गरेको सामाग्री सबै उद्योग परिषरमा जम्मा गरेर उद्योग संचालन गर्नका लागि समन्वय समितिले नै सहयोग गरेको छ । कलेक्शन एण्ड म्यानेजमेन्टको नाममा उत्खनन् सहमति दिएको यस उद्योगले सामरी क्षेत्रको सबै खोलाको उत्खनन् सकेपछी रापति खोलामा अहिले पनि उत्खनन् गरिरहेको छ ।

यसैगरी गढी गाउँपालिकाकै आमभन्ज्याङ एग्रीगेट क्रसर उद्योगले पनि अमर कन्ट्रक्सन प्रालिमार्फत गढी गाउँपाकिलाको सामरी खोलामा उत्खनन् सकेपछि रापति खोलामा उत्खनन् जारी राखेको छ । अहिले हेटौंडा अस्पताल पछाडिको रापति खोलामा तीन वटा एक्सा भेटरले उत्खनन् गरेर क्रसर उद्योगमा ढुङगा, गिट्टी वालुवा पु¥याउदै आएका छन् ।

यसैगरी भिमफेदी गाउँपालिकाको भैसेमा रहेको पबित्र क्रङकिट उद्योगले पनि कञ्चनजंङ्गा, गोल्डेन गुड जेभिका नाममा उद्योग अघिल्तरकै खोलाबाट उत्खनन् गरिरहेको छ । उत्खनन् गरेका सामाग्री आयोजनामा नपु¥याइकन उद्योग परिसरमा थुपारेर उद्योग सञ्चालन भइरहेको छ । 

यस्तै साविकको मनहरी गाविस वडा नम्बर ८ मा नयाँ निर्माण गरिएको क्रसर उद्योगलाई पनि आयोजनाको नाममा उत्खनन् गर्नका लागि समन्वय समितिले अनुमति दिएको छ । यस क्षेत्रको रापति खोलामा मृत संजिवनी बिराज जेभि भरतपुरका नाममा दर्ता नै नगरिएको नयाँ क्रसर उद्योगलाई पनि ढुङगा, गिट्टी वालुवाको उत्खनन् गर्न सहमति दिइएको छ । यस उद्योग प्राङगनमा अहिले सामाग्री थुपारिएको छ ।

खोला पनि उत्खनन् गरिँदै आएको छ । यसैगरी साविकको मनहरीकै त्रिमूर्ति एग्रिगेट क्रसर उद्योगलाई पनि यही आयोजनाको नाममा खोला उत्खनन् गर्न दिइएको छ । यसैगरी हेटौंडा १९ मा रहेको क्रसर उद्योगले पनि उद्योग अघिल्तिरको रापति खोलामा उत्खनन् गरेर उद्योग परिषरमा सामाग्री थुपारेको छ । 

जिल्ला समन्वय समितिले यी क्रसर उद्योग बाहेक अरु एक दर्जनभन्दा बढी क्रसर उद्योगहरुलाई विकास निर्माणको कामका लागि भन्दै मकवानपुरका २४ स्थानमा उत्खनन्का लागि स्वीकृति दिएको छ । अहिले ६ वटा क्रसर उद्योगहरुले मात्र खोला उत्खनन् गरे पनि आयोजनाका नाममा अरु स्वीकृती पाएका क्रसर उद्योगहरुले पनि केही दिनमा खोलामा उत्खनन् गर्ने भएका छन् ।

आयोजनाका नाममा उत्खनन् स्वीकृती दिए पनि क्रसर उद्योगले ढुङगा, गिट्टी वालुवा लगेर आफ्नै उद्योग परिसरमा थुपारेका छन् । अवैध क्रसर उदोग सञ्चालनबाट भूक्षय र जमिन काटानको समस्या बढ्दै गएको छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया