MENU

अर्थ

ujyaalo forign call inside

दूध उद्योगको सट्टा फस्टायो रक्सी उद्योग

राधेश्याम खतिवडा/उज्यालो ।

चितवन,फागुन २८ – चितवनमा दूध उद्योग बन्द हुँदै गए पनि रक्सी उद्योग भने बढेका छन् । 

एक वर्ष अघिसम्म चितवन र नवलपरासीमा ७ वटा रक्सी उद्योग रहेका थिए । जसमध्ये चितवनमा ३ नवलपरासीमा ४ वटा रक्सी उद्योग थिए । अहिले चितवनमा ७ र नवलपरासीमा ५ वटा गरी १२ रक्सी उद्योग सञ्चालनमा आएका छन् । तर, करोडौं लगानी भएका दूध उद्योग बन्द भएका छन् ।

करोडौं रुपैयाँ लगानी भएको चितवन मिल्कले  दैनिक १५ टन धुलो दूध उत्पादन गर्दै आएको छ तर दूधको अभाव हटाउन मुख्य भूमिका खेलेको मुलुककै ठूलो पाउडर दूध कारखाना बन्द भएको छ ।  भरतपुर महानगरपालिका –१, ठिमुरास्थित चितवन मिल्क पनि बन्द भएको छ ।  पाउडर दूध कारखाना बन्दको असर जिल्लाका कृषकहरुलाई परेको छ ।

रत्ननगरमा दैनिक एक लाख लिटर दूध प्रशोधन गरी पाउडर दूध उत्पादन गर्ने उद्देश्यले स्थापना हुन लागेको चितवन दूध उद्योगको तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले डेढ दशकअघि शिलान्यास गर्नुभएको थियो । तर, उद्योग बन्न सकेन । खरिद गरिएको जमिन अहिले अतिक्रमण हुन थालेको छ । जग्गा खरिद र पर्खाल निर्माणका लागि एक करोड रुपैयाँ खर्च भएको थियो । 

रत्ननगर जयमंगलामा रहेको पुरानो दूध उद्योग पनि बन्द भएको थियो । एक करोड रुपैयाँभन्दा बढी लगानी गरेर स्थापना गरिएको उक्त दूध उद्योग केही समय चलेर बन्द भएको थियो । अहिले सञ्चालनमा रहेका अन्य दुूध उद्योगहरु पनि धारासायी अवस्थामा रहेको सञ्चालक बताउछन् ।
सरकारको कृषि नीति नै खराब भएका कारणले बन्न खोजेको उद्योग बन्न नसक्ने र सञ्चालनमा आएका दूध उद्योग पनि बन्द हुँदै गएको भिजन डेरीका कार्यकारी अध्यक्ष सुरेशचन्द्र अधिकारीले बताउनुभयो ।

‘अहिले सञ्चालनमा आएका उद्योग पनि धारासायी छन्’, उहाँले भन्नुभयो, ‘राज्यले नीति बनाउदा कृषि मैत्री हुन आवश्यक छ ।’ रक्सी उत्पादनको लागि आवश्यक कच्चा पदार्थ सहज पाइने तर, पशुपालनका लागि आवश्यक पर्ने दाना, चोक्कर, घाँस–पराल समेत सहज रुपमा उपलब्ध हुन नसक्नुले पनि प्रभाव परेको उहाँको भनाई छ ।

‘जिल्लामा रक्सी उद्योग फस्टाउदै जाँनु तर दूध उद्योग बन्द हुँदै जानु सकारात्क पक्ष होइन’,  अधिकारीले भन्नुभयो, ‘कृषि प्रधान देशमा कृषिलाई ध्यान दिनुपर्ने हो तर, राजश्वको लोभले राज्य रक्सी उद्योग केन्द्रित भएको जस्तो देखिन्छ ।’ 

रक्सीको प्रयोग निरुत्साहित गर्नका लागि विज्ञापन, प्रचार, सचेतना कार्यक्रम गरी राज्यले वार्षिक करोडौं रुपैयाँ खर्च गरिरहेको छ । तर, राज्यको राजस्व आम्दानीमा पनि रक्सीकै बढी योगदान रहेको देखिएको छ । रक्सीमा वृद्धी भएको राजश्वले पनि दुध उपभोग गर्नेभन्दा रक्सी उपभोग गर्नेको संख्या बढेको देखिन्छ । 

दूध उत्पादनका लागि गाईबस्तु पाल्ने र गोबरसँग खेल्नुपर्ने भएका कारण कमैको चासो रहेको चितवन उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष राजन गौतमको भनाई छ । पछिल्लो समय रक्सीको सेवन गर्ने संस्कार बढ्दै गएको प्रभावले पनि दूधको भन्दा रक्सीको उत्पादन र उपभोग बढेको गौतमले बताउनुभयो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया