MENU

अर्थ

ujyaalo forign call inside

बैंकको विकल्पमा सहकारी

मनिराज पाण्डे/उज्यालो ।

 
कालिकोट, फागुन २८ – पलाँता गाउँपालिकामा इमेल तथा इन्टरनेटको अभावमा बैंक नपुगेपछि सहकारी संस्थाले वित्तिय कारोबार गर्ने भएको छ ।
 
हिमचुली कृषि सहकारी संस्थाले सेवा कार्यालय विस्तार गरी वित्तिय कारोबार गर्न थालेको हो । रेमिटान्स, लघु वित्त, ऋण लगानी, बचत लगायतका कार्य सहकारीले नै गर्ने भएको छ । सहकारीले मोवाइल–फोन मार्फत रेमिटान्स सेवा सञ्चालन गर्न लागेको वरिष्ठ प्रबन्धक सिंहबहादुर शाहीले बताउनुभयो ।
 
तत्काल बैंक नआउने अवस्था भएकाले त्यसको विकल्पमा सहकारी गाउँपालिकामा आएको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताउनुभयो । दैनिक बचत गरी फजुल खर्चको अन्त्य गर्ने, व्यवसाय बढाउने, स्वरोजगार वृद्धि गर्ने लगायतका कार्य सहकारीले गर्ने सहायक प्रवन्धक ताराकुमारी पाण्डेले बताउनुभयो ।
 
सहकारी गाउँमा आउँदा लगानी बढ्ने र व्यवसायमा वृद्धि हुने स्थानीयले आशा गरेका छन् । हिमचुलीले जिल्लाभर ६ वटा सेवा कार्यालय विस्तार गरेको छ । 
Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया