MENU

राजनीति

ujyaalo forign call inside

​राष्ट्रियसभाको अध्यक्षमा एमालेले गणेश तिमिल्सिनालाई उम्मेदवार बनाउने

काठमाडौं, फागुन २८ – एमालेले राष्ट्रियसभाको अध्यक्षका लागि गणेश तिमिल्सिनालाई उम्मेदवार बनाउने भएको छ ।

वाम गठबन्धनमा पद बाँडफाँड गर्दा आफ्नो भागमा परेको राष्ट्रियसभाको अध्यक्षमा एमालेले तिमिल्सिनालाई उम्मेदवार बनाउने भएको हो ।

उहाँले साेमबार नै संसद सचिवालयमा मनोनयन दर्ता गराउनुहुनेछ । वाम गठबन्धनको स्पष्ट बहुमत रहेकाले उहाँ राष्ट्रियसभाको अध्यक्ष बन्ने निश्चितजस्तै छ । कांग्रेसले भने उम्मेदवारी नदिने भएको छ ।

५९ सदस्यीय राष्ट्रियसभामा एमालेका २९, कांग्रेस र माओवादी केन्द्रका १३–१३ तथा राजपा र संघीय समाजवादी फोरमका दुई दुईजना सांसद छन् । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया