MENU

बातावरण-कृषि

ujyaalo forign call inside

असिनाले ढाकेको गुफापोखरी र गुफाबजार (फोटोफिचर)

प्रकाश धौलाकोटी/उज्यालो ।

तेह्रथुम, फागुन २८  – असिनाले सेताम्मे बनेको गुफापोखरी आसपास आन्तरिक पर्यटकहरु रमाइरहेका देखिन्थे ।

बाह्य पर्यटकहरु पनि घुमिरहेका थिए । हिउँले ढाक्नु पर्ने गुफापोखरी र गुफाबजार क्षेत्रमा शनिबार वर्षासँगै परेको असिनाले सेताम्मे बनेको थियो । 
संखुवासभाको चैनपुर नगरपालिका–१, नुनढाकी स्थित २ हजार ९ सय मिटरभन्दा माथिको उचाइमा रहेको यो क्षेत्रमा बाह्रै महिना पर्यटक पुग्छन् ।

उक्त स्थानमा पर्यकटकहरुले असिनामा खेलेर फर्किने गरेको गुफाबजारकी लाक्पा फुटिक शेर्पाले बताउनुभयो । ‘गुराँस फुल्दा धेरै पर्यटक आउँछन्’, उहाँ भन्नुहुन्छ, ‘यहाँ बाह्रै महिना पर्यटक आउँछन्, हिउँदमा बिदाका दिन शनिबार आन्तरिक पर्यटकको घुँइचो लाग्छ ।’ 

यो क्षेत्र गुराँसको राजधानीको रुपमा परिचित तीनजुरे–मिल्के–जलजले क्षेत्रको मुख्य आकर्षण पनि हो । गुफा नजिकै रहेको पोखरीको नाम गुफापोखरी राखिएको र गुफापोखरी नजिकै रहेको बजारको नाम पनि गुफाबजार रहन गएको स्थानीयबासी बताउँछन् ।

यो बजार तीनजुर–मिल्के क्षेत्रको सबैभन्दा माथिल्लो र विकसित बजार हो । यो बजारभन्दा माथि गएपछि खान र बस्नका लागि उपयुक्त व्यवस्था भएका होटल र लजहरु छैनन् । त्यसैले पनि यहाँ पर्यटकहरुको चाप हुने गर्छ ।

असिनाले ढाकेको गुफापोखरी र गुफाबजार (फोटोफिचर) गुफापोखरी

असिनाले ढाकेको गुफापोखरी र गुफाबजार (फोटोफिचर) असिनाले ढाकेको गुफापोखरी र गुफाबजार

असिनाले ढाकेको गुफापोखरी र गुफाबजार (फोटोफिचर) असिनाले ढाकेको गुफाबजार

असिनाले ढाकेको गुफापोखरी र गुफाबजार (फोटोफिचर) असिनाले ढाकेको गुफाबजारमा भेडा बाख्रा

असिनाले ढाकेको गुफापोखरी र गुफाबजार (फोटोफिचर) असिनाले ढाकेको गुफापोखरीमा रमाउँदै पर्यटक

असिनाले ढाकेको गुफापोखरी र गुफाबजार (फोटोफिचर) गुफापोखरी

असिनाले ढाकेको गुफापोखरी र गुफाबजार (फोटोफिचर) गुफापोखरी पुगेका पर्यटक हिँउमा रमाउँदै

असिनाले ढाकेको गुफापोखरी र गुफाबजार (फोटोफिचर) असिनाले ढाकेको गुफापोखरी

असिनाले ढाकेको गुफापोखरी र गुफाबजार (फोटोफिचर) असिनाले ढाकेको गुफापोखरी

असिनाले ढाकेको गुफापोखरी र गुफाबजार (फोटोफिचर) गुफापोखरी

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया