MENU

समाज

ujyaalo forign call inside

विमान दुर्घटना : कसको कहाँ उपचार हुँदै ?

काठमाडौं, फागुन २८ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको बंगलादेशी विमान दुर्घटनामा परेर अहिलेसम्म ४९ जनाको ज्यान गएको पुष्टि भएको छ ।

दुर्घटनामा परेको विमानमा ३३ नेपाली सहित ७१ जना सवार थिए । 

दुर्घटनास्थलबाट ४० जनाको शव निकालिएको नेपाल प्रहरीले जनाएको छ । ज्यान गुमाउने नेपाली २३ जना रहेको आशंका छ । तर सबैको नाम नखुलेका कारण यकिन हुन बाँकी छ । उद्धार गरिएका ३१ जनालाई अस्पताल लगेकोमा ८ जनाको काठमाडौं मेडिकल कलेज सिनामंगलमा ज्यान गएको थियो । 

काठमाडौं मेडिकल कलेजले मृत घोषणा गरेका नेपालीमा हरिशंकर पौडेल, प्रवीण चित्रकार, सजना देवकोटा रहेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा दामोदर पोखरेलले जानकारी दिनुभयो । अस्पतालले मृत घोषण गरेका अरु दुईको परिचय खुलेको छैन । अरु ३ जना विदेशी छन् ।

 

१० नेपालीसहित २१ जना घाइतेको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको नेपाल नागरिक उड्यन प्राधिकरणले जनाएको छ । नेपाली यात्रु पिंकी धामी र समिना बज्राचार्यको अहिले काठमाडौं मेडिकल कलेज सिनामंगलमा नै उपचार भइरहेको छ । 

यस्तै किशोर त्रिपाठी र हरिशंकर सुवेदीको ग्राण्डी अस्पताल टोखामा, दयाराम ताम्राकारको न्यूरो अस्पताल र केशव पाण्डेको मेडिसिटी अस्पताल नख्खुमा उपचार भइरहेको छ । 

नर्भिक अस्पताल थापाथलीमा वसन्त बोहरा, सनम शाक्य, आशिष रञ्जित, विनोदराज पौडेल र एक बंगलादेशी नागरिकको उपचार भइरहेको छ । बंगलादेशमा भएको तालिममा भाग लिएर फर्केका नेपालका विभिन्न ट्राभल्स एजेन्सीका १६ जना कर्मचारी पनि यो दुर्घटनामा परेका छन् । 

बंगलादेशबाट आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थानमा अवतरणका क्रममा दुर्घटनामा परेको थियो । उत्तरतिरबाट अवतरणमा गरेको विमान धावनमार्गबाट उछिट्टिएर विमानस्थल पूर्वको चाैरमा पुगेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले उज्यालोलाई जानकारी दिनुभयो । विमानमा लागेको आगो दमकल र प्रहरीको सहयोगमा निभाइएको थियो ।

विमान उत्तरतिरबाट अर्थात जोरपाटीपट्टीबाट अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो । विमानस्थल आसपासको केही बासिन्दाले विमान दुर्घटनालाई प्रत्यक्ष देखेका थिए ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया