MENU

समाज

ujyaalo forign call inside

यस्तो छ नेपालमा विमान दुर्घटनाको इतिहास

अवतार राई/उज्यालो

काठमाडौं, फागुन २८ – अन्तराष्ट्रिय नागरिक उड्ययन प्राधिकरण (आईकाओ) ले नेपाल विश्वकै असुरक्षित आकाश भनेर आफ्नो प्रतिवेदनमा उल्लेख गरेको थियो ।

 

प्रत्येक वर्ष नेपालको आकाश असुरक्षित भएको भन्दै युरोपेली एयरलाइन्स (ईयु) ले २०७० मंसिर २० गतेबाट नेपालको आकाशलाई कालोसूचीमा राख्दै उडान भर्न बन्द गरेको छ ।  

नेपालमा सन १९५५ मा कालिंङगा एयरको विमान सिमरा एयरपोर्टमा दुर्घटना हुँदा २ जनाको ज्यान गएको थियो । यो हवाई दुर्घटना नै नेपालको पहिलो हवाई दुर्घटना हो । सन् १९५८ मा २ दुर्घटना भयो । सन् १९६० मा भैरहवामा , ६२ मा ढोरपाटनमा र ६९ र ७० मा पनि नेपाल एयरलाइन्सको विमान दुर्घटना भएको थियो । सन १९७३ अक्टोबर ६ तारिकमा अर्काे विमान दुर्घटना भएको थियो । क्यानडामा बनेको त्यो विमानमा चालक दलका ३ र यात्रु ३ सवार थिए । मानवीय क्षति भने त्यो दुर्घटनामा भएको थिएन । 

त्यसको १८ वर्षपछि सन १९९१ जुन ९ तारिकमा नेपाल वायु सेवा निगमको विमान दुर्घटनामा परेको थियो । चालक दलका तीन सदस्यसहित १४ जनाको दुर्घटनाबाट ज्यान गएको थियो । काठमाडौंबाट लुक्लाको लागि उडेको विमानमा पहिलोपटक यात्रुले ज्यान गुमाएका थिए । १ वर्ष पछि सन १९९२ जुलाई ३१ तारिकका दिन थाई एयरलाइन्सको विमान काठमाडौं अवतरण गर्ने क्रममा दुर्घटना भएको थियो । विमानमा सवार १ सय १३ जनाको ज्यान गएको थियो ।  

त्यसै वर्षको सेप्टेम्बर २८ तारिकमा थाई एयरलाइन्सको विमान दुर्घटना भयो । त्यो दुर्घटनामा पनि ठूलो संख्यामा ज्यान गएको थियो । १ सय ६७ जनाको ज्यान गएको त्यो दुर्घटना ए थ्री हण्ड्रेड एयर बस पहाडमा ठोक्किएर भएको थियो । 

सन् १९९५ जनवरी १७ तारिकका दिन नेपाल वायुसेवा निगमको जहाज दुर्घटना भएको थियो । काठमाडौंबाट रुम्जाटार जानेक्रममा धावन मार्गमा दुर्घटना भएको त्यो विमानमा २ जनाको ज्यान गएको थियो । त्यसको ठिक ४ वर्षपछि सन १९९९ सेप्टेम्बर ५ तारिकमा नेकोन एयरको विमान पोखराबाट काठमांडौ आउने क्रममा दुर्घटनामा पर्‍यो । त्यो विमान दुर्घाटनामा १५ जनाले ज्यान गुमाएका थिए । 

सन २००४ मे २५ तारिकका दिन ५ वर्ष पछि यति एयरलाईन्सको ट्वीनएटर विमान दुर्घटनामा परेको थियो । लुक्ला विमानस्थल लामजुरा पहाडमा ठोकिदा चालकदलका तीन सदस्यको मृत्यृ भएको थियो । त्यही वर्षको अक्टोबर महिनाको १ तारिकमा सीता एयरवेजको विमान लुक्ला विमानस्थलमानै दुर्घटना भएको थियो तर यो दुर्घटनामा भने मानवीय क्षति भएन । 

सन् २००५ जुन ३० तारिकका दिन गोरखा एयरलाइन्सको विमान लुक्ला विमानस्थलमा दुर्घटना भयो । तेस्रो पटक दुर्घटना भएको यो विमानस्थलमा चालक दलका ३ सहित नौ जना यात्रु घाइते भएका थिए । ठिक ३ वर्ष पछि सन २००८ अक्टोबर ८ तारिकका दिन यती एयरलाइन्सको विमान अवतरण गर्ने क्रममा आगलागी हुँदा ८ जनाको ज्यान गएको थियो भने ८ जनाको सकुशल उद्धार गरिएको थियो । 

नेपाली आकाशमा यस्तै अर्काे दुर्घटना सन २०१० अगष्ट २४ तारिकमा भयो । अग्नि एयरको विमान मकवानपुरमा दुर्घटनाभएको थियो । त्यो दुर्घटनामा १४ को ज्यान गएको थियो । सन २०१० कै अन्तिम महिना डिसेम्बर १६ मा तारा एयरको विमान दुर्घटना भयो । लामिडाँडाँबाट काठमाडौं आउँदै गरेको विमान ओखलढुंगामा दुर्घटना हुन पुग्यो । दुर्घटनामा २२ जनाले ज्यान गमाएका थिए । 

सन २०११ सेप्टेम्बर २५ तारिकमा बुद्ध एयर दुर्घटना हुन पुग्यो । १९ जना सवार त्यो विमान दुर्घटनामा सबैको ज्यान गएको थियो । सन २०१२ सेप्टेम्बर २८ मा सीता एयरको विमान दर्घटना भयो । भत्तपुरको मनोहरामा भएको दुर्घटनामा १९ जनाको मृत्यु भएको थियो । त्यो विमान काठमाडौंबाट लुक्लाको लागि उडेको थियो । 

अग्नि एयरको विमान जोमसोमबाट पोखरा आउने क्रममा सन २०१३ मे १४ तारिकमा दुर्घटना भएको थियो । अग्नि एयरमा सवार १६ यात्रुको ज्यान गएको थियो । 
सन् २०१४ फेबु्रअरी १६ तारिकमा जुम्लाका लागि उडेको नेपाल वायु सेवा निगमको जहाज दुर्घटनामा परेको थियो । अर्घाखाँचीको खिदिममा भएको दुर्घटनामा १८ को ज्यान गएको थियो । यसैगरि २०१६ फेबु्रअरी २४ तारिकमा तारा एयरको विमान म्याग्दीको जंगलमा खसेको थियो । पोखराबाट जोमसोमका लागि उडेको विमानमा २३ जनाको ज्यान गएको थियो ।

अन्तिम पटक भएको विमान दुर्घटनाको ठिक २ वर्षपछि सोमवार दिउसो २.३० मा युएस बंगलाको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना भएको छ । बंगलादेशको ढाकाबाट आएको विमान अवतरणको क्रममा आगो लागेको थियो । ६७ सवार विमानमा ४९ को घटना स्थलमा नै ज्यान गएको छ । 
पछिल्लोपटक सोमबार भएको दुर्घटनासँगै नेपालको आकाशमा यो ६ दशकमा ७० भन्दा बढी ठूला विमान दुर्घटना भएको देखिन्छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया