MENU

समाज

ujyaalo forign call inside

ग्यासको बुलेट त्रिशूलीमा खस्यो : चालकको मृत्यु

चितवन, फागुन २९ - मुग्लिनबाट नारायणगढ आउँदै गरेको भारतीय नम्बरको ग्यास बुलेट त्रिशूली नदीमा खस्दा भारतीय चालकको ज्यान गएको छ । 


इच्छाकामना गाउँपालिका–६ पाँचकिलो भन्ने ठाउँबाट केएओ १ एएच२५९६ नम्बरको बुलेट सोमबार राति ९३० बजे त्रिशूलीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

चालकको बुलेटले च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ । उनको नाम वतन खुल्न सकेको छैन । उनी भारतीय भएको प्रहरीले अनुमान गरेको छ । बुलेट खाली रहेको र अन्य यात्रु नरहेको बताइएको छ । -रासस

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया