MENU

राजनीति

ujyaalo forign call inside

राष्ट्रपतिको चुनावमा नयाँ शक्ति पार्टीले भाग नलिने

काठमाडौं, फागुन २९ – मंगलबार हुने राष्ट्रपतिको चुनावमा नयाँ शक्ति पार्टी नेपालले मतदान नगर्ने भएको छ ।
 

प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा आफुहरुको स्पष्ट अडान रहेको भन्दै नयाँ शक्तिले राष्ट्रपति चुनावमा सामेल नहुने जनाएको हो । उसले संसदीय लोकतन्त्रमा संवैधानिक राष्ट्रपतिको भूमिका तटस्थ, निष्पक्ष, मर्यादापूर्ण र दलीय आग्रहभन्दा माथि हुनु पर्नेमा जोड दिएको छ । 

तर विगतका कतिपय अभ्यासहरु संवैधानिक राष्ट्रपतिको पदीय मर्यादा र सीमाभन्दा बाहिर गएको र दलहरुले दलीय आग्रहभन्दा माथि उठेर राष्ट्रिय व्यक्तित्वलाई अघि सार्न नसकेको नयाँ शक्तिले आरोप लगाएको छ । नयाँ शक्तिले राष्ट्रपतिको चुनावसँगै उप–राष्ट्रपतिको चुनावमा पनि सामेल नहुने स्पष्ट पारेको छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया