MENU

समाज

ujyaalo forign call inside

सप्तरीमा दिनदिनै सामूहिक बलात्कारका घटना, दुई जना बलात्कारी पक्राउ

शुुभ नारायण यादव/उज्यालो । 

सप्तरी, फागुन २९ – सप्तरीमा दिनदिनै सामूहिक बलात्कारका घटना हुन थालेका छन् । दुई दिन यता दुईवटा सामूहिक बलात्कारका घटना भएको सार्वजनिक भएको छ ।
 

पछिल्लो पटक एक जना दलित युवती सामूहिक बलात्कारको शिकार भएकी छिन् । १८ वर्षीया उनलाई पाँच जनाको संख्यामा रहेका युवाहरुले जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
 
करणी गर्ने मध्येका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ भने अन्य तीन जना अझै फरार छन् ।
 

सप्तरीको शम्भुनाथ नगरपालिका–३, कचन्दाहाकी १८ वर्षीया युवतीलाई पाँच जना युवाहरुले आइतबार राति नियन्त्रणमा लिएर सामूहिक बलात्कार गरेका हुन् ।
आफ्नो घरमा रहेको बिरामीका लागि नजिकैको औषधि पसलमा औषधि किन्न गएको बेला युवाहरुले नियन्त्रणमा लिएर करणी गरेको ती युवतीको भनाइ छ ।
युवती औषधि लिन गएकी थिइन् । गाउँमै एउटा विवाह भइरहेको थियो ती युवतीको भनाइलाई उद्धृत गर्दै प्रहरी श्रोतले भनेको छ, ‘विवाहस्थल भन्दा सय मिटरको दूरीमा ती युवाहरुले उनलाई नियन्त्रणमा लिई गहुँ खेतमा लगेर बलात्कार गरेका रहेछन् ।’
 
बलात्कारको घटना जानकारीमा आएपछि प्रहरीले युवतीको भनाइ अनुसार घटनामा संलग्न रहेका त्यसै ठाउँका दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा अजय चौधरी र एटलान्टी चौधरी रहेका छन् । दुवैको उमेर २० वर्ष रहेको छ ।
 

यसैबीच त्यो सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक एसपी मुकेश कुमारसिंहले घट्नाको अनुसन्धान भइरहेको बताउनुभयो । उहाँले फरार रहेका अन्यको खोजी पनि गरिरहेको बताउँदै पीडित युवतीको मेडिकल समेत गराइने जानकारी दिनुभयो ।

त्यस्तै सप्तरीमै दलित युवतीको बलात्कार हुनुअघि अर्की एक महिला पनि बलात्कारको शिकार भएकी छन । जिल्लाको बिष्णुपुर गाउँपालिका –७, की ती महिलासँग शनिबार साँझ दुई जनाले सामूहिक बलात्कार गरेकका  छन् ।

राजविराजबाट आफ्नो घरतर्फ जाँदै गर्दा ३३ वर्षीया ती महिलालाई दुई जनाले नियन्त्रणमा लिइ कोशी पश्चिमी नहरको झाडीमा लगेर बलात्कार गरेका हुन् ।
प्रहरी प्रमुख सिंहले यो घट्नाको पनि छानबिन भइरहेको बताउँदै उहाँले बलात्कारीलाई समात्न चारैतिर प्रहरी परिचालन गरिएको जानकारी दिनुभयो ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया