MENU

अन्तर्राष्ट्रिय

ujyaalo forign call inside

​भारत विश्वकै सबैभन्दा बढी हतियार आयात गर्ने देश

फागुन २९ – पछिल्ला पाँच वर्षमा जस्तै यस पल्ट पनि भारत विश्वकै सबैभन्दा बढी हतियार आयात गर्ने देश बनेको छ । 

त्यस्तै अमेरिकाद्वार भारतमा गरिने हतियार निर्यातमा पनि भारी वृद्धि भएको छ । सन् २००८–१२ मा भन्दा २०१३–१७ मा पाँच सय ५७ प्रतिशतले वृद्धि भएको छ । 
हिन्दुस्तान टाइम्सका अनुसार स्टकहोममा भैरहेको थिंकट्यांकहरुको बैठकमा भारतमा हतियार आयातमा २४ प्रतिशतले वृद्धि भएको बताइएको थियो । 

स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्यूटको आंकलन अनुसार पछिल्लो एक दशकमा भारत सबैभन्दा बढी हतियार आयात गर्ने देश बनेको छ । 

रिपोर्टका अनुसार रुस भारतको सबैभन्दा ठूलो हतियार निर्यात गर्ने देश हो । सन् २०१३–१७ मा रुसले ६२ प्रतिशत, अमेरिकाले १५ प्रतिशत, इजरायलले ११ प्रतिशत हतियार भारतमा निर्यात गरेका छन् । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया