MENU

समाज

ujyaalo forign call inside

व्यवसायी सेठियामाथि गोली प्रहार गर्ने भारतीय नागरिक पक्राउ

 
रुपन्देही, फागुन २९ – रुपन्देहीका व्यवसायी हरिस सेठिया ( पिण्टु ) माथि गोली प्रहार गरेको आरोपमा प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार भारतको महाराजगञ्ज कोतवाली नौतनहवाका ४६ वर्षीय रामजान मुसलमानलाई घरेलु कटुवा पेस्तोलसहित पक्राउ गरिएको हो । 

भैरहवाको वैङकरोडमा रहेको करणी इन्टरप्राइजेजका सञ्चालक  ३८ वर्षीय सेठिया पसल बन्द गरी स्कुटरमा चढेर घर गइरहेको बेला सिद्धार्थनगर –५,  सेवापथमा सोमबार बेलुका गोली प्रहार भएको थियो ।

सिद्धार्थनगर उद्योग वाणिज्य सघंका नव निर्वाचित कार्यसमिति सदस्यसमेत रहेका सेठियामाथि गोली प्रहार भए पनि उहाँ सकुसल नै हुनुहुन्छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया