MENU

समाज

ujyaalo forign call inside

एक महिनाको बिदा मनाउन आएका विद्यार्थी सधैँका लागि बिदा

काठमाडौं, फागुन २९ – बंगलादेशको सिल्हेट मेडिकल कलेजमा अध्ययनरत ११ जना नेपाली विद्यार्थीको सोमबार त्रिभुवन विमानस्थलमा भएको यूएस बंगलाको विमान दुर्घटनामा परि ज्यान गएको छ ।

 

कलेजका प्रोफेसर आबेद होसेनका अनुसार जलालाबाद राजिब राबेया मेडिकल कलेजमा १९ औँ ब्याचका यी विद्यार्थी मार्च १० मा एमबीबीएसको फाइनल परीक्षा दिएर बिदा मनाउन नेपाल फर्किँदै थिए । 

बिदा मनाउन फर्किएका १३ विद्यार्थीमध्ये ११ जनाको दुःखद निधन भएको छ । घाइते दुई जनाको उपचार भैरहेको छ । दुर्घटनामा परि सञ्जय पौडेल, सञ्जय महर्जन, नीगा महर्जन, एञ्जिला श्रेष्ठ, पूर्णिमा लोहनी, श्वेता थापा, मीली महर्जन, सरुना श्रेष्ठ, एल्जिना बराल, चारु बराल, आश्ना शाक्यको ज्यान गएको छ । 

समिरा व्यञ्जनकार र प्रिन्सी धामीको उपचार भैरहेको छ । त्यसै कलेजमा पढ्ने अर्का विद्यार्थी सुवास आचार्य पनि बिदा मनाउन साथीहरुसँगै आउने तयारीमा थिए । तर उनी टिकट नपाएर रोकिएको द डेली स्टारले बताएको छ । 

सिल्हेट कलेजमा रहेका चार जना नेपाली विद्यार्थी पूरै शोकमा डुबेका छन् । उनीहरुले परिवारसँग सम्पर्क गरिरहेका छन् । कलेजले मंगलबारदेखि तीन दिन शोक मनाउने निर्णय गरेको छ । 

सोमबार भएको विमान दुर्घटनामा चार जना चालक दलका सदस्यसहित ४९ जनाको ज्यान गएको छ । घाइते भएका २२ जनाको विभिन्न अस्पतालमा उपचार भैरहेको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया