MENU

समाज

ujyaalo forign call inside

हावाबाट बिजुली : स्थानीयलाई निल्नु न ओकल्नु !

दयाराम आचार्य/उज्यालो ।

नवलपरासी, फागुन २९ – मर्मत सम्भार हुन नसक्दा नवलपरासीको हुप्सेकोट गाउँपालिका –५, धौवादी रुद्रपुरमा हावाबाट निकालिएको बिजुलीको उत्पादनमा कमी आएको छ ।

२०६८ साल पुसमा  एसियाली विकास बैंकको आर्थिक तथा प्राविधिक सहयोगमा पाइलट प्रोजेक्टको रुपमा धौवादीमा हावाबाट बिजुली निकालिएको थियो । २ करोड बढीको लागतमा संचालनमा आएको परियोजना अहिले पर्याप्त विद्युत उत्पादन नहुँदा  स्थानीयबासीका लागि निल्नु न ओकल्नु भएको छ ।

हावाबाट १० किलोवाट र सोलार बाट २ गरी १२ किलोवाट क्षमताको यस परियोजनाको अहिले ममर्त सम्भार हुन नसक्दा  बिद्युत उत्पादनमा कमी आएको स्थानीय नागरिक गमबहादुर राना मगरले बताउनु भयो । ‘एउटा चल्दा अर्को चल्दैन, बेरि¨ नमिलेर होकी के भएर हो थाहा भएन ’ मगरले भन्नुभयो, ‘एक घण्टा मात्र बत्ती बाल्न पुग्छ ।’
 
निर्माण गरिएको पहिलो वर्ष २४ सै घण्टा विद्युत प्रयोग गर्न पाइएको भए पनि अहिले भने नाम मात्रको भएको उहा“ले बताउनु भयो । यस परियोजनाको विद्युतबाट धौवादी रुद्रपुरमा रहेको इलाका प्रहरी कार्यालय र ४२ घर धुरीका स्थानीय लाभान्वित भएका थिए । अहिले विद्युतको कमीका कारण ईलाका प्रहरी कार्यालय धौवादीले सौर्य उर्जा जडान गरेको छ भने कतिपय स्थानीयले पनि सौर्य उर्जा जडान गरेका छन् ।

पहिले–पहिले टीभी चलाउन, रेडियो बजाउन, मोबाइल चार्ज गर्न सबै मिल्ने गरेकोमा अहिले सा“झमा १ घण्टामात्र बत्ती बाल्ने गरेको उहा“ले बताउनुभयो ।
हावाबाट विद्युत उत्पादनका लागि ५-५ किलोवाटका दुई वटा टर्बाइन राखिएको छ । मर्मतको अभावले अहिले एकै पटक दुई वटा पंखा चल्न नसकेको मगरले बताउनुभयो ।

परियोजनामा विद्युत उत्पादनका लागि ३६ वटा ब्याट्री राखिएको छ । ब्याट्री काम गर्न छाडेको र स्थानीयले नया“ ब्याट्री राख्न पनि नसकेका कारण चाहे अनुसारको विद्युत उत्पादन हुन सकिरहेको छैन ।

ब्याट्रीको खराबीका र एउटा टर्वाइनमा समस्या हुँदा  निकै अप्ठ्यारो  भएको छ अर्का स्थानीय मिनबहादुर सिंजालीले भन्नुभयो । ‘उत्पादन कम हुँदा लाइन कम आउँछ, टीभी हेर्न पनि पाइँदैन ,मोबाइल चार्ज गर्न पनि भनेको बेलामा पाइँदैन’, सिंजालीले भन्नुभयो । मर्मत गर्न नसक्दा गाउँलेले हार खाएका छन्, कसले गरिदिने मर्मत थाहा छैन सिंजालीले भन्नुभयो ।

राष्ट्रिय प्रशारणको विद्युत लाइन नपुगेको पहाडी क्षेत्रका बासिन्दाले हावाबाट बिजुली निकालिएको यस परियोजनाको मर्मतका लागि गाउ“पालिकालगायत अन्य दाताहरुको सहयोगको मुख ताकेर बसेका छन् ।

परियोजनाको रेखदेखका लागि हुरहुरे डाँडा कृषि सहकारी सस्थालाई भनेको भए पनि गाउ“पालिकालाई हस्तारण नगरेको हुँदा समस्या भएको हुप्सेकोट गाउ“पालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेले बताउनुभयो ।

हुरहुरे डाँडा कृषि सहकारी संस्थाले  सूचना  परीयोजना कार्यान्वय सस्था एईपिसीलाई पुर्याउने गरेको तर त्यहा“बाट मर्मत पनि नहुने र हस्तारणको कार्य पनि नभएकोले समस्या भएको अध्यक्ष पाण्डेले बताउनुभयो ।

स्थापनाको ६ वर्ष पुगेको भए पनि  एक वर्ष अघि नया“ टावर राखी परीक्षणको रुपमा राखिएको भन्ने  स्थानीयबाट जानकारी आएको समेत उहाँले बताउनु भयो ।
‘अझै एक वर्ष परीक्षण अवधि बाँकी रहेको भन्ने जानकारी आएको छ,  हस्तान्तरण प्रकिया नुहँदा मर्मतको कार्य गर्न नसकिएको हो’, अध्यक्ष पाण्डेले भन्नुभयो ।  

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया