MENU

राजनीति

ujyaalo forign call inside

अस्पताल पुगेर देउवाले भेटे विमान दुर्घटनाका घाइते

काठमाडौं, फागुन २९ – कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले युएस बंगला विमान दुर्घटनामा घाइते भएकाहरुलाई अस्पताल पुगेर भेट गर्नुभएकाे छ । 

मंगलबार देउवाले सिनामंगलस्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पताल पुगेर घाइतेहरुसँग भेट गर्नुभएको हो । उहाँले घाइतेहरुको स्वास्थ्य लाभको कामना गर्दै उपचारमा कुनै कन्जुसाई नगर्न आफूले सरकारसँग माग गरिसकेको बताउनुभयो ।

देउवाले दुर्घटनामा परेका घाइतेको निःशुल्क उपचारका साथै आवश्यक क्षतिपूर्ति दिलाउन सरकासँग पहल गर्ने पनि बताउनुभयो ।

देउवाले दुर्घटना भए लगत्तै एक विज्ञप्ति जारी गर्दै घाइतेहरुको तत्काल उपचारको प्रबन्ध गर्न, उद्धार कार्यमा तदरुकता उपनाउन र विभान दुर्घटनाको तत्काल छानविन समिति गठन गर्न आग्रह गर्नु भएको थियो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया